तीजमा चेलीलाई ‘जरुवाको पानी’

पोखरा–लोकगायिका हरिदेवी कोइरालाको तीजगीत ‘जरुवाको पानी’ सार्वजनिक भएको छ । तीजमा माइत जान नपाउँदा विवाहित छोरीको मनमा उठेको विरह गीतले बोलेको छ ।
‘जरुवाको पानी जरुवामा कलकली, माइती देशको सम्झना आयो झलझली’ यस्ता सरल शब्दले गीतलाई गम्भीर र यादगार बनाएको छ । म्युजिक भिडियोको मुख्य पात्रको जीवनमा दर्शकले कहिँकतै आफूलाई पाउने छन् ।
यो गीत म्युजिक नेपालको युट्युब च्यानलमा उपलब्ध छ । गायिका कोइरालाकै शब्द तथा लय रहेको गीतको थेगो पिताम्बर गौतमले लेखेका हुन् । कोइराला नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिषद सदस्यसमेत हुन् । भिडियोमा स्मृती तिमिल्सिना ‘गुरुआमा’, रमा थपलिया, रामबहादुर कोइराला लगायतको अभिनय छ ।
गुरुआमा फिल्मस् प्रालिले पोस्ट प्रोडक्सन गरेको भिडियो प्रकाश धमला भाञ्जाको सम्पादन, सुरेश श्रेष्ठको छायाकंन र रोशन भुषालको श्रृगारमा बनेको हो । भिडियो निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् । उनैले गीतमा मुख्य पात्रका रुपमा अभिनय पनि गरेकी छन् ।
२०४० सालमा ‘पाइन खबर’ बाट सांगीतिक दुनियामा परिचित भएकी कोइरालाले २०४२ देखि निरन्तर तीजका गीत बजारमा ल्याइरहेकी छन् । कोइरालाको आफ्नै शब्द, लय र आवाजमा ४ सयभन्दा बढी गीत स्रोता, दर्शकमाझ आइसकेका छन् ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया