पोखरामा खुल्यो स्कोडा शोरुम, बहुप्रतीक्षित कुशाक बिक्री सुरु

समाधान संवाददाता २०७८ साउन २७ गते १९:१२


समाधान संवाददाता, पोखरा

जर्मनी प्रविधिको स्कोडा गाडीको शोरुम पोखरा नयाँबजारमा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएल मोटर्स प्रालि स्कोडाका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ ।

स्कोडाका लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वक्र्स (एमएडब्लु) इन्टरप्राइजेजले एसएसएल मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो । पोखराको नयाँबजारमा रहेको एसएसएल मोटर्सले स्कोडा गाडीको बिक्री सुरु गरिसकेको छ । डिलर सुरु गरेसँगै प्रालिले स्कोडाको बहुप्रतीक्षित स्पोर्टी युटिलिटी भेइकल (एसयुभी) कुशाक बिक्री पनि सुरु गरेको हो ।

Advertisement

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बराल, पत्रकार कृष्ण बास्तोला र एसएसएल मोटर्स प्रालिका गोपाल बरालले कुशाक गाडी अनावरण गरे ।

उक्त अवसरमा बोल्दै उपाध्यक्ष पोखरेलले जर्मन प्रविधिको स्कोडा गाडी पोखरा क्षेत्रमा थप लोकप्रिय हुने विश्वास व्यक्त गरे । उनले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक हुनपर्ने औंल्याए । समाधान मिडियाका अध्यक्ष बरालले स्कोडाको गाडी आफूले १० वर्षदेखि चढ्दै आएको र यसकै एसयुभीको प्रतीक्षा गरेको सुनाए ।

Advertisement

बराल कुशाकको पहिलो ग्राहक भएका छन् । उनलाई पोखरेलले गाडीको चाबी पनि हस्तान्तरण गरे । बरालले स्कोडा गाडी १० वर्ष चढ्दा पनि कुनै मर्मत सम्भार गर्नु नपरेको अनुभव पनि बाँडे । स्कोडाको एसयुभी सय किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्दा पनि नबत्तिने बरालले सुनाए ।
एसएसएलका निर्देशक सूर्य बरालले सर्भिस सेन्टर पनि खुलेको जानकारी गराए । बिक्रीपछिको सेवामा ध्यान दिने उनको भनाइ थियो । एमएडब्ल्यु इन्टरप्राइजेज स्कोडा डिभिजनका डिलर मेनेजर विजय थापाले उत्कृष्ट सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पत्रकार कृष्णप्रसाद बास्तोलाले पनि बोलेका थिए ।

स्कोडाको कुशाक एसयुभी २ साताअघिमात्रै नेपाली बजारमा सार्वजनिक भएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा बजारमा उपलब्ध छ । स्कोडा कुशाकको सुरुआती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ छ । एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ छ । स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । नेपालमा बुकिङ एक सय २३ गाडीमध्य ७५ गाडी बिक्री भएको छ । जसमध्य पोखराबाट माात्रै ६ वटा गाडी विक्री भएको छ ।

रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपाली एसयुभी प्रेमीको मन जित्ने कम्पनीले अपेक्षा गरेको छ । कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ । रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल छ । पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट छ ।

यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ । यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर छ ।
सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम छ । इएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ । स्कोडा कुशाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टिएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टिएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । शोरुममा कुशाकसँगै ¥यापिड गाडी पनि बिक्रीका लागि उपलब्ध छ ।

तपाईको प्रतिक्रिया