
सञ्जय रानाभाट
पोखरा ।
गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको उपाध्यक्षमा ध्वजकुमार गुरुङलाई नियुक्त भएका छन् । स्याङ्जा वालिङ नगरपालिका १२ घर भएका गुरुङलाई मन्त्रिपरिषद बैठकले चयन गरेको हो । बैठकले उपाध्यक्ष नारायण पुन परिषदको बैठकमा उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गर्दै पदबाट हटाएर गुरुङलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए ।
बैठकले कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि अस्थायी दरबन्दीमा काम गर्दै आएका ४ सय ४४ जनाको दरबन्दी असार मसान्तबाट सकिएकोमा असोज मसान्तसम्म थप गर्ने निर्णय पनि गरेको छ । बैठकले मुकुन्दपुर–आहाले–रतनपुर–कोटथर डाँडाझेरी हुँदै बुलिङटार सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने तथा वन क्षेत्रको जग्गा ४.६ हेक्टर जग्गा प्राप्ति तथा रुख कठानका लागि संघ सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया