प्रदेश खेलकुद परिषद उपाध्यक्षमा ध्वजकुमार

सञ्जय रानाभाट २०७८ साउन २७ गते २१:०७

सञ्जय रानाभाट

पोखरा

गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको उपाध्यक्षमा ध्वजकुमार गुरुङलाई नियुक्त भएका छन् । स्याङ्जा वालिङ नगरपालिका १२ घर भएका गुरुङलाई मन्त्रिपरिषद बैठकले चयन गरेको हो । बैठकले उपाध्यक्ष नारायण पुन परिषदको बैठकमा उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गर्दै पदबाट हटाएर गुरुङलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए ।

Advertisement

बैठकले कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि अस्थायी दरबन्दीमा काम गर्दै आएका ४ सय ४४ जनाको दरबन्दी असार मसान्तबाट सकिएकोमा असोज मसान्तसम्म थप गर्ने निर्णय पनि गरेको छ । बैठकले मुकुन्दपुर–आहाले–रतनपुर–कोटथर डाँडाझेरी हुँदै बुलिङटार सडक राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने तथा वन क्षेत्रको जग्गा ४‍.६ हेक्टर जग्गा प्राप्ति तथा रुख कठानका लागि संघ सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया