लुम्बिनीमा नयाँ सरकार बनाउन आज ३ बजेसम्म समय

समाधान संवाददाता २०७८ साउन २८ गते १०:०२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार बनाउन दिएको समय बिहीबार अपरान्ह ३ बजे सकिँदैछ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार बनाउन दिएको समय बिहीबार अपरान्ह ३ बजे सकिँदैछ।

नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर बुधबार राजीनामा बुझाएका थिए।

Advertisement

पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि समय दिएका छन्।
बिहीबार अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूमा आह्वान गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया