नागरिक समाज कास्कीको ध्यानाकर्षण

समाधान संवाददाता
पोखरा– नागरिक सामाज कास्कीले खोप अभियान व्यवस्थित गर्न स्वास्थ्य कार्यालय कास्कीसँग माग गरेको छ । समाजले मंगलबार कार्यालय प्रमुख बाबुराम आचार्यलाई भेटेर उक्त माग गरेको हो । पछिल्लो समय निश्चित समूह बाहिरका मान्छेले खोप लगाएको गुनासो सुनिएको समाजले बताएको छ ।
समाजका पूर्व संयोजक रामबहादुर पौडलले अब हुने खोप अभियान व्यवस्थित गर्न र केन्द्रलाई फराकिलो बनाई केन्द्र विस्तार गर्नसमेत आग्रह गरे । उनले भने, ‘उमेर समूहको चरणमा खोप अभियान सञ्चालन हुुनुपर्छ । विदेश जाने, वृद्धवृद्धा, सरकारी कर्मचारी, स्वास्थ्य कर्मचारीलाई लगाइने खोप छुटाछुटै व्यवस्था हुनुपर्छ ।’
समाज खोप अभियान व्यवस्थित गर्न भोलेन्टिएर खटाउन आफूहरु तयार रहेको उनले सुनाए । पौडेलले भने, ‘जनताको हितका लागि समाज सेवा गर्न तयार छौं ।’ समूह चरणमा लगाइने खोपमा अन्य समूहलाई नलगाउन उनले माग गरे ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले सूचना दिन कुनै चासो नदिने समेत पौडेलले आरोप लगाए । उनले भने, ‘स्वास्थ्य महाशाखाले गर्ने काम विवादास्पद र दोहोरो अर्थ लाग्ने खालेको छ ।’
दोस्रो खोप अभियानमा पहिलो खोप लगाउने मान्छे पनि सहभागी भएको समाजका निवर्तमान संयाेजक विष्णुहरि अधिकारीले बताए । ‘कार्ड नै नभएकाले पनि खोप लगाए, कार्डमा वैधानिक छापको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।
कार्यालय प्रमुख आचार्यले जुन स्थानमा पहिलो खोप लगाएका हुन् दोस्रो खोप पनि त्यही स्थानमा गएर लगाउने व्यवस्था मिलाउने बताए । अब हुने खोप अभियानमा निश्चित उमेर समूहकालाई एकै ठाउँमा नराख्ने उनले बताए । ४ नगरपालिका र महानगरपालिकामा ३१ र ३२ गते ३२ हजार एस्टाजोनिक खोप लगाइने जानकारी आचार्यले दिए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया