२ हजारलाई नागरिकता

समाधान संवाददाता २०७८ साउन २९ गते ११:२६

समाधान संवाददाता, लेखनाथ

Advertisement

इलाका प्रशासन कार्यालय लेखनाथले २०७७÷७८ मा १ हजार १ राहदानी र २ हजार १ सय ४४ जनालाई नागरिकता वितरण गरेको छ । नागरिकता र पासपोट बनाउनकै लागि साबिक लेखनाथ नगरपालिका र हालको रुपा गाउँपालिकाका बासिन्दा पोखरा नै धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।

२०७३ जेठमा कास्कीको लेखनाथ, खुदीमा इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्की जान आउन समय र खर्च बढी लाग्ने भएकाले इलाका प्रशासनले यो क्षेत्रका बासिन्दालाई सहज सेवा दिएको छ ।

Advertisement

इलाका प्रशासन कार्यालय लेखनाथ प्रमुख गुरुदत्त ढकालका अनुसार सम्बन्धित वडाबाट आवश्यक कागजपत्रसहितको सिफारिस ल्याएपछि सेवाग्राहीले नागरिकता, पासपोट, नागरिकताको प्रतिलिपि र नाबालक परिचय पत्र सजिलै पाउन थालेका छन् ।

अहिले राष्ट्रिय परिचय पत्रको अभियान चलिरहेकाले सेवाग्राहीको चाप बढेको प्रमुख ढकालले बताए । कार्यालयले २०७७÷७८ मा महिला १ हजार ९७,पुरुष १ हजार ४७ र प्रतिलिपि१ हजार २ सय ६५ गरी३ हजार ४ सय ९ जनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

Advertisement

राहदानीतर्फ द्रूत सिफारिसका १ सय ४८ र सामान्य फारम संकलनबाट १ हजार १ जनालाई सेवा प्रवाह गरिएको शाखा अधिकृत शुशीलकुमार अर्यालले जानकारी दिए । आव २०७७÷७८ मा ६३ लाख १७ हजार ५ सय राजस्व संकलन भएको लेखापाल सुशील ढकालले बताए ।

तपाईको प्रतिक्रिया