शुक्लागण्डकीका महिला उद्यमी लेखनाथमा

समाधान संवाददाता २०७८ साउन २९ गते ११:२८

समाधान संवाददाता, लेखनाथ

Advertisement

विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघको अध्ययन अवलोकनका लागि निस्किएको शुक्लागण्डकी उद्योग बाणिज्य संघको महिला उद्योमी विकास समितिको भम्रण टोलीलाई बिहीबार लेखनाथमा स्वागत गरिएको छ ।

भ्रमण टोलीलाई लेखनाथ उद्योग बाणिज्य संघले स्वागत गरेको छ । उनीहरुको स्वागतका लागि भएको कार्यक्रममा छलफलसहित अनुभव साटासाट पनि गरिएको हो । लेखनाथ उद्योग बाणिज्य संघ अध्यक्ष बलराम ढकालले महिलाको हातमा आर्थिक अधिकार नहुँदा महिलापछि परेको बताए । उनले आर्थिक रुपमा सक्षम हुनका लागि व्यवसायी बन्नुपर्नेमा जोड दिए ।

Advertisement

शुक्लागण्डकी उद्योग बाणिज्य संघका महिला उद्यमी विकास समिति अध्यक्ष तथा भ्रमण टोली संयोजक तुलसीकुमारी श्रेष्ठले २ संघबीच सहकार्य गर्दै अगाडि बढ्ने र एकापसका अनुभव साटासाट गरीमहिलालाई उद्यामी र व्यवसायिक बनाउने उपायबारे छलफलमा भ्रमण केन्द्रीत भएको बताइन् ।

शुक्लागण्डकी उद्योग बाणिज्य संघका महिला उद्यमी विकास समिति उपाध्यक्ष सुजिता हिराचनले समाज परिवर्तन र महिलाको जीवन स्तर उकास्नका लागि सीप सिक्नु जरुरी भएको बताइन् ।

Advertisement

लेखनाथ उद्योग बाणिज्य संघकी कोषाध्यक्ष जानुका अधिकारीले २ संघबीच सहकार्य, एकता र छलफलले उद्योगी, व्यवसायीको हितका लागि सहयोग पुग्ने बताइन् । लेखनाथ उद्योग बाणिज्य संघ महिला उद्यमी परिचालन उपसमिति संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघकी कार्यसमिति सदस्य इन्दिरा रोक्काले पनि बोलेकी थिइन् ।

तपाईको प्रतिक्रिया