गण्डकी प्रदेशका दुई मन्त्रीमा कोरोना

समाधान संवाददाता २०७८ साउन ३० गते १८:३१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका सरकारका दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको छ । वन, वातारण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्री थापाको सचिवालयका अनुसार थापामा शुक्रबार कोरोनासँग मिल्दोजुल्दो लक्ष्ण देखिएको थियो । अर्का मन्त्री चन्द्रबहादुर ब्ुढामा पनि ज्वरोसहित रुघाखोकी देखिएपछि दुवैले कोरोना परीक्षण गराएका थिए । परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

मन्त्रीद्वय केही दिनअघि मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागि भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया