जगदम्बा ट्राभलकाे आरामदायी रात्रिबस सेवा पुन सुरु

समाधान संवाददाता, पाेखरा
पाेखराकाे जगदम्बा ट्राभलले पाेखरा–काठमाडाैं–पाेखरा रुटमा आरामदायी रात्रिबस सेवा भदाैं ३ गतेदेखि फेरि सञ्चालनमा ल्याउने भएकाे छ ।
काेराेना कहरका कारण सरकारले लकडाउन लागु गरेपछि बन्द रात्रिकालीन बस सेवा भदाै ३ गतेबाट नियमित सञ्चालन गरिने जगदम्बा ट्राभल कम्पनीका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।
याे बस सेवा पाेखरा–काठमाडौं रुटमा चल्ने सबैभन्दा आरामदायी बस सेवा हाे । सिङ्गल साेफासिट भएकाे रात्रिकालीन बसमा यात्रा गर्ने यात्रुका लागि जहाजमा यात्रा गर्दा कफी, कुकिज चिसाे पेय पदार्थ र सुत्नका लागि ब्ल्याङ्केटसमेत उपलब्ध गराइन्छ ।
हरेक दिन पाेखरा र काठमाडाैंबाट राति ८ बजे छुट्ने बसमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरिने अध्यक्ष अधिकारीले बताए ।
गाडी छुट्नु भन्दा पहिले स्यानिटाइज गर्ने, सबै यात्रुलाइ मास्क र स्यानिटाइजर प्रदान गरिने, परिवारका सदस्यबाहेक अन्यलाई १ राे मा एउटा मात्र सिट उपलब्ध गराउने गरी पूर्ण सजग भएर सेवा सुरु गर्दै छाैं– अधिकारीले समाधानसँग भने ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया