११८ नेपालीलाई अफगानिस्तानबाट उद्धारपछि नेपाल ल्याइयो

समाधान संवाददाता २०७८ भदौ १ गते १२:१०

काठमाडौं । अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड जहाजमा ती नेपालीलाई काठमाडौं ल्याइएको हो ।

उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्‍याइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया