समृद्धिको सूत्र खोज्दै राजमार्गका पालिका

समाधान संवाददाता
पोखरा- सिद्धार्थ आर्थिक करिडोरका स्थानीय तहका प्रमुखको मञ्चले सिद्धार्थ राजमार्ग आसपासका क्षेत्रमा पर्यटन केन्द्रीत गतिविधिमार्फत अर्थतन्त्रको विकास गर्न सकिने निष्कर्ष निकालेको छ ।
पर्यटनका अलवा कृषि, जडिबुटी, पशुपालन र बाख्रापालन लगायतका आर्थिक गतिविधिलाई एकीकृत रुपमा अगाडि बढाउने निष्कर्ष निकालेको मञ्चका संयोजक तथा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले जानकारी दिए । समुन्नति परियोजना (इपिआइ)को समन्वयमा भएको सिद्धार्थ आर्थिक करिडोरको आर्थिक विकासको ऊर्जाशील अवसर विषयक कार्यक्रममा संयोजक शाहीले सिद्धार्थ राजमार्गसँग जोडिएका पोखरादेखि सुनौलीसम्मका १६ पालिका एकापसमा सहकार्य गरेर सामाजिक एवं भौतिक विकास तथा आर्थिक समृद्धिका योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।
एक्लैभन्दा पनि एकभन्दा बढी पालिका मिलेर आर्थिक क्रियाकलाप अगाडि बढाउने उल्लेख गर्दै उनले आवश्यक परे प्रदेश तथा केन्द्रीय सरकारबाट सहयोग लिनुपर्ने धारणा राखे । उनले लुम्बिनी र गण्डकी प्रदेशसँगको समन्यमा सबै पालिकाले विकास, निर्माणका सवाललाई सामूहिक रुपमा उठाउनुपर्ने प्रस्ताव गरे ।
‘सिद्धार्थ लोकमार्गसँग जोडिएका र सेरोफेरोका पालिकाहरुको आर्थिक विकास र समृद्धिका योजना कार्यान्वयन गर्न संस्थागत संरचना आवश्यक छ,’मञ्चका संयोजक शाहीले भने, ‘सबै योजनालाई द्रुतमार्गमा लैजान र प्रदेश तथा नेपाल सरकारसँग लबिङ गर्न कार्यविधि निर्माण गर्नुपर्छ ।’ उनले सबै योजनालाई व्यवस्थित रुपमा अगाडि बढाउने सबै पालिकाले सम्पर्क व्यक्ति तोकेर काम गर्नुपर्ने प्रस्ताव गरे । उनले मञ्चको पहिलो र दोस्रो बैठकले १० बुँदे घोषणापत्र पारित गरी आपसी संवाद र सहकार्यको माध्यमबाट द्विपक्षीय र बहुपक्षीय समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएको बताए ।
आयोजक वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँडलेपालिकाको हकहितमा केन्द्रीत नभएको मञ्चले क्षेत्रीय विकास र गण्डकी तथा लुम्बिनीको आर्थिक समृद्धि र दिगो विकासमा जोड दिएको उल्लेख गरे । उनले अल्पकालीन योजना भदौको अन्तिम या असोजको पहिलो हप्तादेखि सुरुवात गर्नुपर्ने बताए ।
मेयर खाँडलेअहिलेका जनप्रतिनिधिले सिद्धार्थ आर्थिक कोरिडोरको विकास लगायतका कार्यक्रम प्रयाप्त रुपमा गर्न नसके पनि आउने जनप्रतिनिधिलाई धेरै सजिलो हुने तर्क गरे ।
विषय विज्ञ डा अनिल सुवेदीले सिद्धार्थ राजमार्ग आसपासको क्षेत्रमा पर्यटन केन्द्रीत अर्थतन्त्रको विकास गर्न सकिने प्रशस्त सम्भावना औंल्याए । पोखरा र लुम्बिनीलाई जोडेर स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउन सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने उल्लेख गर्दै उनले गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने दाबी गरे । कृषि क्षेत्रको आधुनिकीकरण र औद्योगिक विस्तारमा जोड दिनुपर्ने उल्लेख गर्दै उनले पश्चिमाञ्चल क्षेत्रबाट बुटवल जाने पुरानो धार्मिक पदमार्गदेखि प्याराग्लाइडिङ, ¥याफ्टिङ,होमस्टे प्रवद्र्धन गर्नु पर्ने विचार राखे ।
डा सुवेदीले सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्दै सवारी दुर्घटनाका बिरामीको उपचारका लागि ठाउँ ठाउँमका ट्रमा सेन्टर स्थापना गर्नुपर्ने प्रस्ताव गरे । सिद्धार्थ करिडोर क्षेत्र स्रोत र साधनले सम्पन्न र धेरै सम्भावना र अवसर भएको क्षेत्र भएको उल्लेख गर्दै उनले कालीगण्डकी करिडोर र शालीग्राम करिडोरसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।
समुन्नति परियोजना (इपिआई)का विषय विज्ञ नरबहादुर थापाले सिद्धार्थ करिडोर क्षेत्रको दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना छनोट गरेर काम गर्नुपर्ने बताए । विकासमा सार्वजनिक निजी साझेदारीको माध्यमबाट अघि बढ्नुपर्ने चर्चा गर्दै उनले तानसेनलाई हिल स्टेसनको रुपमा विकास गर्नु पर्ने उल्लेख गरे ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपमेयर कल्पना तिवारी, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, सिद्धार्थनगर नगरपालिकाका इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठ र तानसेन नगरपालिकाका अधिकृत विष्णु पौडेलले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया