महानगरको शिक्षा महाशाखामा अनेरास्ववियुको तालाबन्दी

समाधान संवाददाता २०७८ भदौ १ गते १३:३०

समाधान संवाददाता, पोखरा

अनेरास्ववियु कास्कीले पोखरा महानगरपालिकाको शिक्षा महाशाखामा तालाबन्दी गरेको छ । महानगरले कक्षा ११÷१२ का विद्यार्थीलाई दिइने छात्रावृत्ति महानगरले निजी विद्यालयको जिम्मा लगाएपछि तालाबन्दी गरिएको अनेरास्ववियु कास्की संयोजक विजय पौडेलले बताए ।

२ वर्षदेखि महानगरले छात्रवृत्तिलाई निजी विद्यालयको जिम्मा लगाइदिएको र जेहेन्दार तथा गरिब विद्यार्थी छात्रवृत्तिबाट बञ्चित हुने अवस्था आएपछि तालाबन्दी गरिएको उनले बताए । ‘२ वर्षदेखि कोरोना भन्दै महानगरले परीक्षा नलिई निजी विद्यालयको जिम्मा लगाएको छ, अनलाइन परीक्षा लिन सकिन्छ, कि त ग्रेड हेरेर महानगर आफैंले छात्रवृत्ति दिन सक्छ नि,’ पौडेलले भने ।

Advertisement

तपाईको प्रतिक्रिया