एमाले फुटाउन दल विभाजन सम्बन्धि अध्यादेश मन्त्रिपरिषदबाट पारित

समाधान संवाददाता २०७८ भदौ १ गते १४:२५

समाधान संवाददाता, पाेखरा ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन गर्न सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएकाे छ । श्राेतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्काे बैठकबाट साे अध्यादेश पारित गरेका छन् ।

अध्यादेशमा दल विभाजनका लागि केन्द्रीय कार्य समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएमा नयाँ दलकाे मान्यता पाउने व्यवस्था गरिएकाे छ ।

याे अध्यादेश नेकपा एमालेकाे माधव कुमार नेपाल समुहलाई नयाँ पार्टी खाेल्ने बाटाे सहज बनाउनका लागि ल्याइएकाे हाे ।

यसअघि दल विभाजन गर्न केन्द्रीय कार्य समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्याएर मात्र दल विभाजन गर्न पाइने व्यवस्था थियाे । पटक पटक दल विभाजन भएर संसदीय राजनीति कुरुप भएकाे भन्दै नयाँ संविधान बनाउदा यस्ताे व्यवस्था गरिएकाे हाे ।

याे व्यवस्था कायम रहदा नेपाल समुहले दल विभाजन गर्दा राष्ट्रिय दलकाे मान्यता नपाउने र उनीहरुकाे सांसद पद जाने भएकाले नेपाल समुहकै संरक्षणका लागि सरकारले अध्यादेश पारित गरेकाे हाे ।

मन्त्रिपरिषद् श्राेतका अनुसार अध्यादेश प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यदल पठाईदै छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र अध्यादेश लागु हुन्छ ।

तपाईको प्रतिक्रिया