१४ सांसद पदमुक्त गर्ने एमालेको निर्णय

समाधान संवाददाता, पाेखरा ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमालेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको छ।
संसद सचिवालयलाई उनीहरुलाई सांसद पदबाट मुक्त गर्न पत्रसमेत पठाउने तयारी एमालेले गरेको छ भने यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइने भएको छ। प्रतिनिधसभाका नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहित १४ जना सांसदहरुलाई एमालेले कारबाही गरेको हो।
मंगलबार संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको नेतृ शान्ता चौधरीले जानकारी गराइन्।
यी हुन् कारबाहीमा परेका सांसदहरु :
–माधव नेपाल
–जीवनराम श्रेष्ठ
–मुकुन्द न्यौपाने
–रामकुमारी झाँक्री
–कल्याणी खड्का
–लक्ष्मीकुमारी चौधरी
–निरादेवी जैरु
–पुष्पाकुमारी कर्ण
–सरला यादव
–कलिला खातुन
–मेटमणी चौधरी
–विरोध खतिवडा
–कृष्णलाल महर्जन
–भवानी खापुङ









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया