अन्तत एमाले विभाजित, नयाँ पार्टी बनाउने माधव नेपालकाे घाेषणा

समाधान संवाददाता, पाेखरा ।
देशकाे सबै भन्दा ठुलाे पार्टी नेकपा एमाले विभाजन हुने भएकाे छ । एमाले पार्टीका बरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका छन्।
आफू पक्षीय जन वर्गीय संठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले नयाँ पार्टी बनाउने घाेषणा गरेका हुन्। उनले ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने बताएका हुन्।
नेपाललाई पार्टी बनाउन मिल्ने गरी सरकारले अध्यादेश जारी गरिसकेकाे छ । अध्यादेश जारी नभएकाे अवस्थामा एमाले विभाजन गर्न नसक्ने अवस्थामा पुगेका नेपाले प्रधानमन्त्री देउवालाई आग्रह गरेरै अध्यादेश जारी गराएकाे चर्चा छ ।
आफ्ना कार्यकर्तालाई नेपालले भनेका छन्, ‘अब पार्टी पुनःगठन गरिनेछ। आन्दोलन जगाइने छ। लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ। अब सबै पार्टीसँग सहकार्य गर्ने छौँ।’
उनले एमाले अध्यक्ष ओली सच्चिए आगामी निर्बाचनमा मिलेर चुनाब लड्न सक्ने याेजना समेत कार्यकर्तालाई सुनाए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया