घलेको अध्यक्षतामा पोखरामा शिंगो संगठनको नयाँ समिति

समाधान संवाददाता
पोखरा– ५/३ जिआर (शिंगो) भूपू सैनिक संगठनको तेह्रौं साधारण सभा तथा छटौं अधिवेशनले क्याप्टेन टंकबहादुर घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार भएको अधिवेशनले फेरि घलेलाई अध्यक्ष चयन गरेको हो ।
अनेररी सुबेदार मेजर (क्लर्क) विष्णुप्रसाद गुरुङको संयोजकत्व र क्याप्टेन चोकबहादुर गुरुङ र क्याप्टेन राजबहादुर गुरुङ सदस्य रहेको निर्वाचन मण्डलले १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । समितिको प्रथम उपाध्यक्ष सिएचएम खिमबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष सुबेदार बलबहादुर गुरुङ, सचिव क्याप्टेन बुद्धिबहादुर थापा, सहसचिव सिएचएम जीवनकुमार गुरुङ, कोषाध्यक्ष सिएचएम तुलबहादुर राना र सहकोषाध्यक्ष हवल्दार हर्कबहादुर गुरुङ चयन भएका छन् ।

असुमे गणेशबहादुर राना, सुबेदार प्रेमबहादुर गुरुङ, सुवेदार गणेश पुन, हवल्दार हरिबहादुर गुरुङ, क्या. चित्रबहादुर थापा, सुवेदार शेषकान्त थापा, सुवेदार कृष्णबहादुर थापा, क्या. रामकुमार श्रेष्ठ सदस्य चयन भएका छन् ।
स्वास्थ्य मापदण्ड पालना गर्दै भएको सभाका प्रमुख अतिथि संगठनका संस्थापक सल्लाहकार अनेररी सुबेदार मेजर यामबहादुर राना थिए । संगठनलाई आर्थिक सहयोग गरेका क्या. चेतबहादुर गुरुङ, हवल्दार रितबहादुर गुरुङ र हवल्दार डम्मरबहादुर थापालाई मायाको चिनो, खादा र अबिरलगाएर सम्मान गरिएको थियो । सुमेअ क्याप्टेन रिमबहादुर थापा र सुबेदार यामबहादुर आलेलाई सभापति र प्रमुख अतिथिले संगठनको टोपी र साधारण सदस्यताको प्रमाणपत्र प्रदान गरि संगठनमा प्रवेश गराएका थिए ।

कार्यक्रममा क्या. चेतबहादुर गुरुङ क्या. राजबहादुर गुरुङ र क्या.रिमबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका संयोजकले सपथ गराएका थिए । उनले सफल कार्यकालको शुभकामना पनि प्रकट गरे । नवनिर्वाचित अध्यक्ष घलेले जिम्मेवारीपूर्वक संगठनको हितमा काम गर्ने प्रतिबद्धता जनाएको प्रथम उपाध्यक्ष सिएचएम खिमबहादुर गुरुङले समाधानलाई जानकारी दिए ।









पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
६४ युनिट रगत संकलन
पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया