चीनसँग सीमा जोडिएका सीमास्तम्भ अनुगमन तीव्र

समाधान संवाददाता २०७८ भदौ २ गते १३:१०

रासस । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी ९बिओपी० हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बीओपीले चीनको सिमानामा रहेको ४ नम्बर सीमास्तम्भमा पहिलो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ । वर्षा याममा हिमपात नहुने र मौसम सफा हुने भएकाले पनि उच्च क्षेत्रमा चीनसँग जोडिएका सीमा क्षेत्रको सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको हिल्सा बिओपिका इन्चार्ज सुरज केसीले बताए ।

खराब मौसमको कारण पटकपटक सीमा स्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बिओपी हिल्सा भने यतिखेर मौसम सफा रहेका उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । सीमा सुरक्षाचौकी हिल्सा ९बिओपी० का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्ने नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको ४ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको हो ।

Advertisement

उक्त सीमास्तम्भ पाँच हजार २५० मिटर अग्लो स्थानमा रहेको छ । यसअघि पनि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी गेहेन्द्र भण्डारीको नेतृत्वको टोलीले साउन १९ याङ्जो भञ्ज्याङस्थित ३ नम्बर सीमास्तम्भमा पुगेर अनुगमन गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया