फुट्याे एमाले, नयाँ पार्टीकाे नाम– एमाले समाजवादी, अध्यक्ष– माधव नेपाल

समाधान संवाददाता २०७८ भदौ २ गते १६:५५

समाधान संवाददाता, पाेखरा ।

देशकाे सबै भन्दा ठुलाे पार्टी नेकपा एमाले विधिवत विभाजन भएकाे छ । एमाले विभाजन गरेर बनाइएकाे नयाँ दलकाे नाम नेकपा एमाले समाजवादी राखिएकाे छ भने अध्यक्ष माधव नेपाल बनेका छन् ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपालकाे नेतृत्व एमाले कै केन्द्रीय सदस्य र सांसदहरु सहितकाे टाेली निर्बाचन आयाेग गएर नयाँ पार्टी दर्ता गराएका हुन् । याे पार्टीकाे चुनाब चिन्ह खुल्ला किताब माग गरिएकाे थियाे । तर त्याे अर्कै पार्टीकाे भएकाले चुनाव चिन्ह अझै निधाे भएकाे छैन् ।

Advertisement

सरकारले हिजाे मात्र एमालेलाई विभाजन गराउनका लागि दल विभाजन सम्बन्धि अध्यादेश जारी गरेकाे थियाे । पुरानाे कानुन अनुसार नेपाल पक्षले नयाँ दल गठन गर्न नसक्ने भएकाले अध्यादेश जारी गरेर माधव नेपाल पक्षलाई नयाँ दल दर्ता गर्न बाटाे खाेलिदिएकाे हाे ।

Advertisement

तपाईको प्रतिक्रिया