ढुङ्गा निकाल्ने क्रममा कालिगण्डकी नदीमा खस्यो स्काभेटर

एसके थकाली \ जोमसोम
उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकखण्ड अन्तर्गत प्याकेज नं. ४ को मुस्ताङ खण्डमा सडक निर्माणको काम गरिरहेको स्काभेटर बुधबार बिहान कालिगण्डकी नदीमा खसेको छ । कालिगण्डकी नदीमा खसेको डोजर बाहिर निकाल्ने प्रयास गरिएपनि नदीको बाहव उच्च रहेकाले स्काभेटर कालिगण्डकी नदीमा अड्किएको अवस्थामा छ ।
मुस्ताङको घरपझोङ—२ मार्फा सामाग्री नजिकको सडकमा रिटेरिङ वालको लागि कालिगण्डकी नदीबाट ढुङ्गा निकाल्ने क्रममा बा २ क ३८८१ नम्बरको होन्डा स्काभेटर उपकरण अनियन्त्रित भई कालिगण्डकी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्डको प्याकेज नं. ४ मा सडक स्तरोन्नतिको जिम्मा कोशी एण्ड न्यौपाने जेभीले लिएको थियो । उक्त स्काभेटर निर्माण कम्पनीले भाडामा लिएको थियो ।सडक निर्माण स्थल नजिक कालिगण्डकी नदीबाट ढुङ्गा निकाल्ने क्रममा स्काभेटर खसेको थियो ।
अचानक कालिगण्डकी नदीमा खसको स्काभेटर कालिगण्डकी नदीले बगाएर करिव २५ मिटर तल पू¥याएको जिप्रका मुस्ताङले उल्लेख गरेको छ । कालिगण्डकीमा स्काभेटर खसेपनि स्काभेटर अपरेटर भने सुरक्षित रहेको जनाईएको छ । स्काभेटर नदीमा खसेपछि पुरै ईन्जिन भित्र पानी पसेको थियो ।
बर्खायामको मौसममा कालिगण्डकी नदीको सतह उच्च हुँने भएकाले स्काभेटर कालिगण्डकी नदीबाट बाहिर निकाल्न अप्ठ्यारो परेको छ ।
यस्तै, दुई वर्षअघि बेनी—जोमसोम सडक स्तरोन्नति गर्ने क्रममा मुस्ताङको थासाङ गापा—४ घाँसा नजिक स्काभेटर कालिगण्डकी नदीमा खसेको थियो ।
फोटो ः
बुधबार बिहान कालिगण्डकी नदीमा खसेको स्काभेटर ः तस्विर ःजिप्रका मुस्ताङ ।









मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया