यस्तो रहनेछ आजको मौसम

समाधान संवाददाता २०७८ भदौ ३ गते ८:४९


समाधान संवाददाता । हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्‍तरगतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी प्रदेशमा सामान्य बदली छ भने अन्य प्रदेशमा आंशिकदेखि र सामान्य बदली रहेको छ।

Advertisement

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको छ।

राति भने देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित ठूलो वर्षा हुनसक्ने हाशाखाको पूर्वानुमान छ ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया