असरफ गनी ले लिए युएईमा शरण

समाधान संवाददाता २०७८ भदौ ३ गते ८:५५

अफगानिस्तानबाट भागेका राष्ट्रपति अशरफ ग़नीले खाडी देश संयुक्त अरब इमिरेट्स ९युएई० मा शरण लिएका छन् ।

तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति ग़नीले गएको आइतबार देश छोडेका थिए ।

युएईको विदेश मन्त्रालयले मानवीय नाताले ग़नी र उनको परिवारलाई स्वागत गरिएको बताएको छ ।

Advertisement

बुधबार भिडियो सन्देश जारी गरेर ग़नीले आफ्नो देश छोड्ने निर्णयको बचाउ गरेका छन् । गम्भीर विपदको अवस्था आउन नदिएका लागि आफूले देश छोडेको उनको भनाई छ ।

उनले भनेका छन्, ‘अहिले म युएईमा छु र रक्तपात र अव्यवस्था रोकियो । अफगानिस्तान फर्किनका लागि म अहिले वार्तामा छु ।’

Advertisement

उनले आफू ठूलो मात्रामा पैसा लिएर भागेको भन्ने हल्ला पूर्ण रुपमा आधारहीन रहेको पनि बताएका छन् । रुसले ग़नी हेलिकप्टर तथा कारभरि पैसा लिएर भागेको दाबी गरेको थियो ।

७२ वर्षका ग़नीले विपदका बेला देश छोडेको भन्दै अफगान राजनीतिज्ञद्वारा तीव्र आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया