कास्कीमा २१ वडा कार्यालय बन्दै

समाधान संवाददाता २०७८ भदौ ३ गते १३:३४

समाधान संवाददाता
पोखरा
-जिल्ला समन्वय समिति कास्कीले मौज्दात कोष तथा कास्कीका स्थानीय सरकारसँगको लागत साझेदारीमा भौतिक पूर्वाधार, खानेपानी तथा सामुदायिक विद्यालयको मर्मत संभार लगायतविकास,निर्माणका काम गरेको छ ।

Advertisement


जिसस मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ बमोजिम प्रशासनिक भवन तथा वडा कार्यालय, सामुदायिक विद्यालय, खानेपानी तथा अस्पतालको वार्ड निर्माणको काम गरेको समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।


उनले समन्वय समितिको ६० प्रतिशत र सम्बन्धित पालिकाको ४० प्रतिशत लागत साझेदारीमा माछापुच्छ«े गाउँपालिकाको प्रशासकीय भवनसमेत ४ पालिकाको २१ वडा कार्यालयको भवन बनाएको बताए ।उनले कुल क्षेत्रगत बजेट अन्तर्गत प्रशासकीय भवनतर्फ १२ करोड ८१ लाख २६ हजार ३ सय ८६,खानेपानी पूर्वाधारमा २ करोड ५७ लाख ९६ हजार ९सय९५, विद्यालय भवन मर्मत तथा निर्माणमा ३ करोड ४१ लाख ५४ हजार ९सय९६, कोभिड अस्पताल निर्माणमा २५ लाख गरी कुल १९ करोड ५ लाख ७८ हजार ३ सय७८ रुपैयाँ विनियोजन गरिएको उल्लेख गरे ।
समन्वय समितिको लागत साझेदारीमा पोखरा महानगरपालिका वडा नम्बर ७, ८ र ३१ मा वडा कार्यालय भवन निर्माण हुँदैछ ।

पोखरा कोमागाने मातृशिशु मितेरीअस्पतालमा कोभिड वार्ड निर्माणका लागि समन्वय समितिले१५ लाख बजेट विनियोजन गरेको छ ।समन्वय समितिको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लागत साझेदारीमा महानगरको वडा नम्बर २८ का विभिन्न खानेपानी आयोजनाको काम भएको छ ।


उनले महानगरमा समन्वय समितिको ६ करोड १० लाख ९६ हजार ७७ र महानगरको ३ करोड ६५ लाख ८२ हजार ८सय ६४ समेत गरी ९ करोड ७३ लाख ६ हजार ३सय३२ रुपैयाँ लागतमा ती योजनाका कामअघि बढेको बताए । ‘समन्वय समितिले विकास, निर्माणको अनुगमन, समन्वय र सहजीकरण गर्दै आएतापनि मौज्दात कोषबाट भौतिक पूर्वाधार खानेपानी लगायतका कामलाई अगाडि बढाएको छ,’उनले भने, ‘स्थानीय सरकारसँगको लागत साझेदारीमा भएका समग्र योजनाको भौतिक प्रगति ९० प्रतिशत छ । ती योजनाको वित्तीय प्रगति भने ७० प्रतिशत हाराहारीमा छ ।’ उनले सबै योजना अनुगमनगरी अन्तिम किस्ता उपलब्ध गराउन बाँकी रहेको सुनाए ।
समन्वय समिति प्रमुख अधिकारीले रुपाबाहेक खानेपानी पूर्वाधारतर्फको प्रगति शतप्रतिशत रहेको जानकारी दिए । उनले रुपमा ढिलोगरी सम्झौता भएर भर्खरै कार्यक्रम सुरुवात भएको बताए । सामुदायिक विद्यालयतर्फको प्रगति सन्तोषजनक भएको उनले उल्लेख गरे ।

Advertisement


समन्वय समितिको मौज्दात कोषबाट कास्कीको मादी गाउँपालिकाको लागत साझेदारीमा मादीको वडा नम्बर ४, ५,६,७, ८, ९ र १२ का वडा कार्यालय निर्माण गरिएको छ । मादीमा ८ खानेपानी आयोजनार २ विद्यालय मर्मत तथा रिटेनिङवालको काम भएको छ । लागत साझेदारी अन्तर्गत समन्वय समितिले ३ करोड ७० लाख ७६ हजार ३सय१८, मादी गाउँपालिकाले २ करोड ४२ लाख ७९ हजार ८ सय १५ रुपैयाँ व्यहोरेका छन् ।


समन्वय समितिको २ करोड ५० लाख, गण्डकी प्रदेश सरकारको १ करोड र पालिकाको ३ करोड १२ लाख ११ हजार ६सय २ रुपैयाँ लागतमामाछापुच्छे« गाउँपालिकाको प्रमुख प्रशासकीय भवन बनिरहेको छ । वडा नम्बर ९को वडा कार्यालय, महेन्द्र माध्यमिक विद्यालयको खेल मैदान निर्माण लगायत समग्र योजनाका लागि जिल्ला समन्वय समितिले ३ करोड ६२ लाख ७ हजार ९सय ४९ र पालिकाले ३ करोड ६२ लाख ७ हजार ९ सय ४रुपैयाँ बजेट विनियोजन गरेका छन् ।


जिल्ला समन्वय समितिको ३ करोड १४ लाख ५ हजार, रुपा गाउँपालिकाको ३ करोड ५८ लाख ६हजार २सय१८ रुपैयाँ बराबरको लागत साझेदारीमा रुपाको वडा नम्बर २को वडा कार्यालय, रुपाकोट विशेष अस्पताल,१४ विद्यालय मर्मत, प्रवेशद्वार, भूई ढलान, खानेपानी आयोजना निर्माण हुँदै छन् ।


रुपा विशेष अस्पतालका लागि समन्वय समितिले १० लाख बजेट विनियोजन गरेको छ ।जिसस मौज्दात कोषबाट अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३, ४, ५, ७, ८ र ९का वडा कार्यालय निर्माण गरिएको छ । पालिकाभरीमा १सय८ खानेपानीका धारा बनाइएको छ । ती योजनामा समन्वय समितिको २ करोड ८५ लाख ६ हजार ८सय ४५ र पालिकाको १ करोड ८५ लाख ७९ हजार ७सय ७६ रुपैयाँ लागत साझेदारी रहेको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया