अल्ट्रालाइट उडान सुरु

समाधान संवाददाता
पोखरा – कोभिड १९ को दोस्रो भेरियन्टका कारण वैशाखदेखि बन्द रहेको अल्ट्रालाइड (पुतली जहाज) लाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर भदौ ३ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।
पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड १९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन अल्ट्रालाइट उडानलाई पुनः व्यवस्थित तरिकाबाट सञ्चालन गर्न लागिएको जानकारी दिए । पहिलो चरणको कोरोनाका कारण रोकिएको उडान ८ महिनापछि गत वर्ष कात्तिकको २६ गतेदेखि सुरु गरेकामा पुनः दोस्रो चरणको कोरोनाका कारण यस वर्ष वैशाखबाट उडान रोकिएको थियो ।
नागरिक उड्डयन प्राधिकरणले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गरेर उडान गरिने उनको भनाइ छ । श्रेष्ठले पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहुलियत दिएर उडान गरिने बताए । ‘हामीले ६ हजार ५ सयमा अल्ट्रालाइट उडानको आनन्द दिलाउने छौं,’श्रेष्ठले भने ।
माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै तालतलैया एवं धार्मिक रुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको सहरका रूपमा समेत आफ्नो परिचय थप्दै गएको छ । पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो ।
पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेलिएयर नेपाल गरी ४ कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइट प्रालिले मात्र उडान सुरु गरेको हो । अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित छ ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया