काठमाडौं आइपुग्यो ८ लाख भेरोसेल खाेप

समाधान संवाददाता २०७८ भदौ ३ गते १४:५७

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ।
गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

Advertisement

उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने उनले बताए। यो खोप सरकारले खरिद गरि ल्याएको थापाले बताए। भेरोसेलको पहिलो डोज लगाएर बसेकाहरूलाई यो खोप दिइनेछ, उनले भने।

तपाईको प्रतिक्रिया