पोखराका मुख्य चाेकहरुमा सवारी साधान चेकजाँचमा कडाइ

समाधान संवाददाता
पोखरा– पोखरामा ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । पोखराको मुख्य चोकहरु अमसिंङ चोक, बुधचोक, पृथ्थी चोक, जिलो किलोमिटर, महेन्द्रपुल लगाएतका चोकहरुमा प्रहरीले कडाइका साथ चेकिङ थाललेको छ ।
जिल्ला प्रशासन कार्यलय कास्कीले भदौ ४ गते बाट लागू हुने गरी जिल्लामा जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइ गरिएको हो । प्रशासनले जोर दिनमा जोर सवारी साधान र विजोर दिनमा विजोर सवारी साधान चलाउन भने पनि नियम पालना नगर्नेहरुको सवारी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
अनावाश्यक काममा बाहिर हिँड्ने सवारी साधानहरुलाई प्रहरीले नियन्त्रणमा लिइ चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । पृथ्वी चोकमा ६० वटा दुई पाङग्रे सवारी साधन र २ वटा चार पाङग्रो सवारी साधान नियन्त्रणमा लिइएका ट्राफिक प्रहरीले जानकारी दिएका छ । संक्रमणको जोखिम बढ्दै गएकाले जोर विजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गए पनि प्रशासनले नै कडाइ गर्न लगाएको हो ।








ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया