जोरविजोर मिच्ने ४ सय बढी सवारीलाई कास्की प्रहरीले गर्यो कारबाही
समाधान संवाददाता
२०७८ भदौ ४ गते १८:३९

समाधान संवाददाता, पोखरा
जिल्ला प्रशासन कार्यालय कास्कीले जोरबिजोर प्रणाली लागु गरेको पहिलो दिन कास्कीमा ४२१ सवारी साधन कारबाहीमा परेका छन् । कोरोना भाइरसको महामारी रोक्न भन्दै प्रशासनले २ भदौमा यससम्बन्धी आदेश गरेको थियो ।
प्रशासनको आदेशविपरित पहिलो दिन विजोर नम्बर प्लेटका सवारी चलाउने ४२१ जनालाई कारबाही गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । ३ सय ८९ दुईपाङ्ग्रे र ३२ वटा चारपाङ्ग्रे सवारीलाई कारबाही गरिएको हो ।
विजोर नम्बरका सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर बेलुका ६ बजे फिर्ता गरिदिएको छ । फेरि पनि आदेश उल्लंघन गरेमा दुई पाङ्ग्रेलाई २ हजार र चारपाङ्ग्रे सवारीलाई ५ हजार रुपैयाँसम्म जरिवाना गराइने हमालले बताए ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया