शनिबार पोखरामा निषेधाज्ञा उल्लङ्घन गर्ने ८६ सवारीसाधन प्रहरी नियन्त्रणमा

सञ्जय रानाभाट २०७८ भदौ ५ गते १९:०२

समाधान संवाददाता

पाेखरा-जिल्ला प्रशासन कार्यालय कास्कीले जोरबिजोर प्रणाली लागु गरेको दाेस्राे दिन कास्कीमा 86 सवारी साधन कारबाहीमा परेका छन् । कोरोना भाइरसको महामारी रोक्न भन्दै प्रशासनले २ भदौमा यससम्बन्धी आदेश गरेको थियो ।

प्रशासनको आदेशविपरित दाेस्राे दिन बिजाेर नम्बर प्लेटका सवारी चलाउने 86 जनालाई कारबाही गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । 77 दुईपाङ्ग्रे र 8 वटा चारपाङ्ग्रे सवारीलाई कारबाही गरिएको हो ।

Advertisement

विजोर नम्बरका सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर बेलुका ६ बजे फिर्ता गरिदिएको छ । फेरि पनि आदेश उल्लंघन गरेमा दुई पाङ्ग्रेलाई २ हजार र चारपाङ्ग्रे सवारीलाई ५ हजार रुपैयाँसम्म जरिवाना गराइने हमालले बताए ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया