बन्यजन्तुको छालासहित युवा पक्राउ

समाधान संम्वाददाता \
राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको हिमाली जिल्ला मुस्ताङमा दुर्लभ बन्यजन्तुको छालासहित शनिबार एक युवा पक्राउ परेका छन् ।मनाङ जिल्ला ङिस्याङ गाउँपालिका—७ टङ्की मनाङ बस्ने वर्ष १९ का टसी लामालाई बन्यजन्तु घोरलको छालासहित वारागुङ मुक्तिक्षेत्र गापा—२ छेङ्गुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पक्राउ परेका युवा टसी लामाले बन्यजन्तु घोरलको छालाले बनेको एक जोर झोला बोकी हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बन्यजन्तु घोरलको छालाले बनेको उक्त झोला घोडाको पछाडी राखेर सामान राख्ने प्रयोजनमा प्रयोग भएको देखिन्छ । बन्यजन्तुको छाला प्रयोग भएको झोला बोकेर हिडिरहेको प्रहरीलाई सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीसहितको प्रहरी टोलीले संकास्पद स्थानमा खोजतलास गर्ने क्रममा वारागुङ मुत्तिक्षेत्र गापाको मुक्तिनाथ—छेङ्गुरको सार्वजनिक गोरेटो बाटोबाट घोरलको छालाले बनेको झोलासहित युवालाई पक्राउ गरेको जिप्रका मुस्ताङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार मनाङबाट सामान ढुवानी गर्ने उद्देश्यले ३ वटा घोडा लिएर थोरङ्लापास हँुदै पक्राउ परेका टसी लामा मुस्ताङ आएको बुझिएको छ । पक्राउ परेका निज टसी लामालाई आईतबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले बन्य जन्तु घोरलको छालाले बनेको झोलासहित अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना,ईलाका संरक्षणक्षेत्र कार्यालय जोमसोममा पेश गरेको छ ।
संरक्षित बन्यजन्तुको चोरी शिकारी गरेको पाईएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार १५ वर्ष जेल र १० लाख जरिवाना अथवा जरिवाना वा कैद सजाय हुनसक्छ ।
फोटो ःकयाप्सन
बन्यजन्तुको छालाले बनेको एकजोर झोला सहित पक्राउ परेका टसी लामा । तस्विर ः जिप्रका मुस्ताङ ।







चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया