डाँले घाँसका विरुवा पु¥याउनै हम्मे

महामारीमा अन्य व्यवसाय ठप्प भएको र विदेशबाट फर्केकाले समेत पशुपालन रोज्दा डाँले घाँसका विरुवा पु¥याउन वन कार्यालयहरुलाई कठिन भएको छ
हरि बास्तोला, गण्डकी
डिभिजन वन कार्यालय कास्कीद्वारा सञ्चालित नर्सरीमा डाँलेघाँसका विरुवाको माग अत्यधिक छ । वैदेशिक रोजगारीबाट फर्केका युवा व्यवसायिक पशुपालनतर्पm लागेसँगै डाँलेघाँसका विरुवाको माग ह्वात्तै बढेको हो । कोरोना कहरसँगै मुलुकमा व्यवसायिक पशुपालकको संख्या बढेका कारण वन नर्सरीमा उत्पादित राईखनियो, बडहर, टाँकी, इपिलइपिल लगायतका १ लाख ५० हजार डाँलेघाँसका विरुवा निःशुल्क वितरण गरिएको डिभिजन वन अधिकृत केदार बरालले बताए ।
चालु आर्थिक वर्षमा घाँस र फलफुलका विरुवाको माग लिएर आउने अधिकांश युवा रहेको जनाउँदै उनले विदेशबाट फर्केका युवाको व्यवसायिक बाख्रापालनतर्पm आकर्षण बढेसँगै डाँलेघाँसका विरुवाको माग बढेको जनाए ।
‘विगतमा डिभिजन वन कार्यालयद्वारा महेन्द्रगुफामा स्थापना गरी सञ्चालन गर्दै आएको नर्सरीमा उत्पादित विरुवामात्र वितरण गरिदै आएको थियो,’ उनले भने, ‘यस वर्ष भने गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको थप २ लाख रुपैयाँ आर्थिक सहयोगले ४ नर्सरीबाट उत्पादित विरुवा कृषकलाई वितरण भइरहेको छ ।’
विरुवा उत्पादनका लागि प्रत्येक नर्सरीलाई ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । वन नर्सरीमा विरुवा उत्पादन गर्नका लागि आवश्यक झाडी सरसफाइ, पोलिथिन ब्याग भर्ने, गोडमेल गर्ने कार्यमा ६ महिनाका लागि ठूलै संख्याले रोजगारसमेत प्राप्त गर्दै आएका छन् ।
डिभिजन वन कार्यालय कास्कीको बटुलेचौरसँगै वन विज्ञान अध्ययन संस्थान, पोखरा ३० खुदीस्थित लेखनाथ सव डिभिजन वन कार्यालय, रानीवन र कुँडहर सब डिभिजन वन कार्यालय परिसरमा स्थापित नर्सरीमा डाँलेघाँस लगायत, फलफूल तथा जडिबुटी र काठको लागि उपयोगी बिभिन्न जातका ३ लाख १८ हजार विरुवा उत्पादन गरी वितरण गरिएको छ ।
बाटुलेचौरको नर्सरीमा अत्याधुनिक प्रविधिसहितको तापानुकुलित हाइटेक निर्माण गरिएको छ । हाइटेकभित्र उमारिएका विरुवा २ पाते भएपछि पोलिथिन ब्यागमा राखेर बाहिर प्लास्टिकको छहारीमा राखेर हुर्काउने व्यवस्था मिलाइएको छ । हाइटेकभित्र लगाइएको विउ ७० प्रतिशतभन्दा बढी उम्रने गरेको छ ।
लेखनाथ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विश्वकर्माका अनुसार नर्सरीमा जडिवुटी प्रजातिका कुरिलो, तेजपात, हर्रो, बर्रो, अमला लगायतका १० हजार र निमारो, लप्सी, रिठ्ठा, गुलमोहर, राईखनियो, इपिलइपिल, नास्पति, हलुवावेद, अम्वा लगायतका ४० हजार विरुवा उत्पादन गरेर निशुल्क वितरण गरिएको छ ।
पोखरा ३० द्धारा उपलब्ध गराइएको २ रोपनी सार्वजनिक जग्गामा यसै वर्ष स्थापना गरी सञ्चालनमा आएको वन नर्सरीमा सबैभन्दा बढी डालेघाँसका विरुवाको माग भएको उनले बताए । नर्सरीमा केही अन्य विरुवा अहिले पनि रहेका भए पनि राईखनियो लगायतका डाँलेघाँसका विरुवा माग भए अनुसारको किसानलाई पु¥याउन नसकिएको अधिकृत विकले सुनाए ।
सबडिभिजन वन कार्यालय कुँडहर र रानीवनमा सञ्चालन गरिएको नर्सरीमा ३०।३० हजार र वन विज्ञान अध्ययन संस्थानको नर्सरीमा ७ हजार राईखनियोसहित बिभिन्न प्रजातिका ५० हजार विरुवा उत्पादन गरिएको सहायक वन अधिकृत ममता गौतमले जानकारी दिइन् ।
कोरोनाका कारण यस वर्ष कास्की जिल्लामा विभिन्न पर्व तथा लायन्स क्लबले समेत विगतको तुलनामा वृक्षरोपण कार्यक्रम खासै नभएका कारण अन्य विरुवाको तुलनामा बाख्रा फर्मबाट बढी डाँलेघाँसका विरुवाको माग आएको हो ।
संघ सरकारकारमार्पmत २ लाख ४८ हजार ३ सय ३३ वटा विरुवा उत्पादनका लागि ३८ लाख रुपैयाँ ससर्त अनुदान र गण्डकी प्रदेश सरकारबाट ६५ हजार विरुवा उत्पादनका लागि १२ लाख रुपैयाँ प्राप्त भएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत कमल लम्सालले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण बढेसँगै व्यापार व्यवसाय ठप्प भएपछि गाउँ फर्कने र विदेशबाट फर्केकाको रोजाई गाउँको बाँझिएको जग्गामा डाँलेघाँस लगाउने र पशुपालन गर्नेतर्पm उन्मुख भएको कारण विरुवाको माग बढेको सरोकारवालाको भनाइ छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया