रुपाकोटमा युवा संघ गठन

समाधान संवाददाता २०७८ भदौ ७ गते ११:२८

समाधान संवाददाता, पोखरा

राष्ट्रिय युवा संघ नेपाल कास्कीको संगठन विस्तारको क्रममा कास्कीको रुपा गाउँपालिकाको वडा नम्बर ६ रुपाकोटमा युवा भेला भएको छ ।

भेलाले मोहन रानाका अध्यक्षतामा ५१ सदस्यीय रुपाकोट वडा कमिटी गठन गरेको युवा संघ नेपाल कास्की अध्यक्ष पानबहादुर क्षेत्रीले जानकारी दिए ।

कमिटीको उपाध्यक्ष प्रकाश अधिकारी, सचिव मीरा खत्री, सहसचिव उदय घिमिरे, कोषाध्यक्ष सुरज गुरुङ छन् । भेलाले सञ्जय नेपालीको अध्यक्षमा ५१ सदस्यीय युथ फोर्ससमेत गठन गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान गृहमन्त्री खगराज अधिकारीले नेकपा एमाललाई फुटाउने र सिंगो कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने षडयन्त्रका विरुद्ध युवा एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले विदेशी शक्तिलाई रिझाउन ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशलाई सबै मिलेर धुजाधुजा पार्नुपर्ने उल्लेख गरे । उनले आम युवालाई गलत प्रवृत्तिलाई परास्त पार्न एकजुट भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, युवा संघ नेपाल कास्की अध्यक्ष पानबहादुर क्षेत्री, नेकपा एमाले रुपा गाउँ कमिटी अध्यक्ष सवाबक्स मियाँ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु नीलकण्ठ रेग्मी र विशाल रानाभाट, अनेरास्ववियुका केन्द्रीय सदस्य अनिल पंगेनी, युवा नेताहरु केशबहादुर गुरुङ, खसबहादुर गुरुङ, सुनिल खड्का लगायतले बोलेका थिए । भेलामा १सय ५०युवाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया