मुस्ताङको फल्याकमा “ यार्तुङ महोत्सव ’ फोटो फिचर

समाधान संवाददाता २०७८ भदौ ७ गते १६:२९


एसके थकाली
जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ फल्याकमा सोमबारदेखि यार्तुङ महोत्सव सुरु भएको छ ।वारागुङ मुक्तिक्षेत्र गापा मित्र बर्सेनि आलोपालो संञ्चालन हुँने परम्परागत यार्तुङ महोत्सव संञ्चालनको जिम्मा यसवर्ष वारागुङ मुक्तिक्षेत्र—५ फल्याकले लिएको छ ।

संघीयता अघि वारागुङ मुक्तिक्षेत्र गापा भित्र परम्परागत यार्तुङ महोत्सव बर्सेनि मुक्तिनाथ रानीपौवाको जनप्रिय युवाक्लवले संञ्चालन गर्ने गथ्र्यो ।पछिल्लो समय पालिकाकै आर्थिक सहयोग तथा समन्वयमा प्रत्येक गाउँका युवाक्लवहरुले आलोपालो “यार्तुङ महोत्सव’ संञ्चालन गर्ने गरेका छन् ।

मुस्ताङका गुरुङ,बिष्ट,लोहा समुदायका जनजातीहरुले यार्तुङ पर्व आपसमा भेला भएर हर्षउल्लासका साथ यार्तुङ मनाउने चलन छ ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा भने यार्तुङ पर्व महोत्सवको रुपमा आयोजना हुँदै आईरहेको छ ।

बर्खायामको खेतीपाती थन्क्याउनु अघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा यार्तुङ पर्व फरक÷फरक मितिमा मनाईने चलन छ । मुस्ताङमा यार्तुङ पर्व सकिए लगत्तै खेतीपाती थन्क्याउने चटारो सुरु हुन्छ ।यार्तुङ पर्व सकिए लगत्तै बर्खायाम सकिएर हिउँदयाम सुरुआत भएको आभास दिलाउने गर्छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापाको फल्याकमा सुरु भएको यार्तुङ महोत्सवको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरे ।फल्याक गाउँको नवनिर्मित फुटबल मैदानको वारागुङ मुक्तिक्षेत्र गापाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उद्घाटन गरे । यस्त,ै वारागुङ मुक्तिक्षेत्रको फल्याक यार्तुङ महोत्सव अन्तर्गत संञ्चालन भएको फुटबल प्रतियोगिताको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले बल हस्तान्तरण गरी सुभारम्भ गरे ।

वारागुङ मुक्तिक्षेत्र गापाले मुस्ताङको परम्परागत धार्मिक सम्यता , संस्कृति ,चाडपर्व र रितिरिवाज जर्गेना गर्ने उद्देश्यले बजेट बिनयोजन गर्नै गरेको वारागुङ मुक्तिक्षेत्र गापाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उल्लेख गरे । उनले परम्रागत सांस्कृतिक पर्व यार्तुङ हिमालीक्षेत्रको संस्कृतिक पहिचान भएकाले यसको संरक्षण तथा प्रर्वद्धन गर्नमा गाउँपालिका कटिबद्ध भएर लागि परेको बताए ।

कोरोना माहामारीको बिषम अवस्थामा समेत वारागुङ मुक्तिक्षेत्र गापाले धार्मिक,संस्कृति र परम्परा जोगाउन महोत्सव आयोजना गरेको यार्तुङ मेला आयोजक सेर्घङ ल्हुङबुग युवाक्लवले जनाएको छ । क्लवले यार्तुङ महोत्सव अवधिभर कोभिङ स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर होसियारीका साथ कार्यक्रम आयोजना गर्ने बताएको छ ।

फल्याक यार्तुङ महोत्सवमा फुटबल ,आर्चरी ,घोडा दौड र डोरी तान्ने लगायतका खेल प्रतियोगिता संञ्चालन हुने जनाएको छ । यस्तै,महोत्सवमा खेलकुदका साथै स्थानीय स्याब्रो नाच तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना हुँने क्लवले जानकारी दिएको छ ।

यार्तुङ महोत्सवको फुटबल तर्फ कुल ९ टिम ,आर्चरीतर्फ ९ टिम डोरी तान्नेतर्फ ६ टिम र घोडादौडतर्फ ७ टिम रहने जनाईएको छ । वारागुङ मुक्तिक्षेत्रको फल्याक महोत्सव बुधबार संम्पन्न हुने जनाईएको छ ।

फोटो क्याप्सन ःफल्याक यार्तुङ महोत्सव । तस्विर ःसुन्दरकुमार थकाली ।

तपाईको प्रतिक्रिया