१३ महिनापछि समातिए कोपिला परियारका हत्यारा

समाधान संवाददाता २०७८ भदौ ७ गते १७:५४

समाधान संवाददाता, पोखरा

कास्की प्रहरीले १ वर्ष अघि हत्या गरिएकी कोपिला परियारको हत्यारालाई पक्राउ गरेको छ । मादी मकैखोलाकी १८ वर्षीया कोपिलाको शव २५ असार २०७७ मा कुहिएको अवस्थामा फेला परेको थियो । १५ असारमा घरबाट हराएकी कोपिलाको शव १० दिनपछि अर्धनग्न अवस्थामा फेला परेको थियो । उनको हत्यामा संलग्न रामबहादुर थापा मोटे भनिने खड्कबहादुर खवासलाई प्रहरीले समातेर सार्वजनिक गरेको छ ।

कोपिलाको मानसिक अवस्था कमजोर थियो । सानैमा बाबुआमाको तिक्ततापूर्ण सम्बन्ध पछि कोपिला केही समय मामाघर बसेकी थिइन् । पछि उनलाई नेपाल गैरसरकारी संस्थाले संरक्षण दिएर राखेको थियो ।

तपाईको प्रतिक्रिया