छत मर्मतका क्रममा लडेर मृत्यु

समाधान संवाददाता २०७८ भदौ ८ गते १७:१२

पोखरा, ८ भदौ (समाधान)– छत मर्मत गर्दा पोखरामा एक पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाफ क्वाटरको छत मर्मत गर्दा ४० वर्षीय शंकर थापाको मृत्यु भएको हो ।

लामाचौरका थापा बिहान करिब ११ बजे छतमा चढेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उनी खसेर घाइते भएपछि उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो । अस्पताल लगेसँगै उनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया