निषेधाज्ञा उलंघन गर्दै विदेशी पर्यटक उपल्लो मुस्ताङ प्रस्थान

समाधान संम्वाददाता
जोमसोम— कोरोना भाईरसको दोश्रो भेरियन्टसंगै हिमाली जिल्ला मुस्ताङ गत बैशाखदेखि लगातार स्थानीय प्रशासनले पटक÷पटक निषेधाज्ञा जारी गर्दै आईरहेको छ । मुस्ताङमा कोरोना भाईरसको जोखिम कायम रहेको भन्दै पछिल्लो समय भदौ १५ गतेसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएको हो।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ कारोना संक्रमणको जोखिमका कारण निषेधाज्ञा जारी गरिएपछि मुस्ताङमा आन्तरिक तथा बाह्रय पर्यटकको आवागमन सुन्य छ । तर ,जिल्ला भित्रका स्थानीय नागरिक ,जनप्रतिनिधि,कर्मचारी ,सुरक्षाकर्मी र स्याउ ब्यापारी भने स्थानीय तहको समन्वयमा जिल्ला प्रबेश गर्न अनुमती दिईएको छ ।
कोरोना कहरकै कारण गत बैशाख देखि मुक्तिनाथ मन्दिर र कागबेनी श्राद्धस्थलमा हुने धार्मिक कार्यमा पूर्ण रुपमा रोक लगाईएको छ । स्थानीय प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेको उल्लेख गर्दै अतिआवश्यक कामकाज बाहेक नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ भने धार्मिक ,सामाजिक र सांस्कृति परम्परा अनुसारको मन्दिर ,गुम्बा,चैते,बिहार ,चर्च र मस्जित लगायतमा लाग्ने पर्व,भेलामा सहभागी हुन रोक लगाएको छ ।यस्तै ,सार्वजनिक स्थानमा मेला,महोत्सव,भोजभतेर र भीडभाडका गतिबिधिमा रोक लगाएको छ ।
मुस्ताङ र म्याग्दीको सीमाक्षेत्र घाँसाको प्रहरी चेक पोष्टबाट आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङ प्रबेश गर्न कडाई गरिएको छ ।तर, निषेधाज्ञा जारी भएको हिमाली जिल्ला मुस्ताङमा नेपाली पर्यटकलाई प्रबेश सीमानाका घाँसाबाटै फकाईने गरिएको भएपनि एक विदेशी पर्यटकले भने निषेधाज्ञा जारी रहकै अवस्थामा जबरजस्ती मुस्ताङ प्रबेशको अनुमती दिईएको छ ।
श्रोतका अनुसार निषेधाज्ञा उलंघन गर्दै श्रावण २६ गते अष्टे«यन नागरिक ( पुरुष ) मुस्ताङ प्रबेश गरेको बताईएको छ ।कास्कीको मर्दी हिमालक्षेत्रको परमिट मात्र लिएर आएका उक्त अष्ट्रेयन विदेशी नागरिकको मुस्ताङ घुम्ने परमिट साथमा नरहेको श्रोतले जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङ भ्रमण गर्न नेपाली पर्यटकले १ सय ,सार्कका विदेशी पर्यटकले १ हजार र तेश्रो मुलुकका विदेशी पर्यटकले ३ हजार शुल्क तिरेर परमिट लिनु पर्ने हुन्छ । मुस्ताङ घुम्ने बिना परमिट आएको उक्त विदेशी पर्यटकलाई मुस्ताङ प्रबेशको अनुमती दिन स्थानीय प्रशासन समक्ष श्रावण २६ गते वारागुङ मुक्तिक्षेत्र गापाले सिफारिस गरेको थियो ।
कोरोना जोखिमको बेला नेपाली पर्यटकनै मुस्ताङ आउदा समस्या हुने अवस्थामा पालिकाकै सिफारिसमा स्थानीय प्रशासनले मुस्ताङ प्रबेश गर्ने अनुमती दिएको थियो । निषेधाज्ञा जारी गरिएको मुस्ताङमा दुई साता अघि मुस्ताङ प्रबेश गरेका अष्ट्रियन नागरिक पुरुषको साथमा एक महिला पथप्रर्दशक समेत रहेको जनाईएको छ ।
उनीहरु पालिकाकै समन्वयमा वारागुङ मुक्तिक्षेत्र—२ झारकोटमा बसेका थिए । बिना परमिट मुस्ताङ आएका उक्त विदेशी पर्यटकलाई अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले जरिवानासहित परमिट काटेको पाईएको छ ।
उपल्लो मुस्ताङको ऐतिहासिक धार्मिक ,सांस्कृतिक सभ्यता र संरचना लगायतको अध्ययन अवलोकन गर्ने उद्देश्यले मुस्ताङ प्रबेश गरेका उक्त विदेशी पर्यटकले अध्यागमन विभागको अनुमती लिएका थिएनन् । उपल्लो मुस्ताङको लोमान्थाङ गापाको सिफारिसमा उक्त विदेशीलाई उपल्लो मुस्ताङ भ्रमण गर्ने अनुमतीको सिफारिस स्थानीय प्रशासनलाई गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । उक्त विदेशी पर्यटक मुस्ताङ आएको २ साता भईसकेकाले कोरोनाको जोखिम नहुने सुझावसहित नेपाल सरकार अध्यागमन विभागलाई उपल्लो मुस्ताङ भ्रमण गर्ने अनुमती दिंदा कुनै चुनौती नहुने जनाएको प्रजिअ पौडेलले बताए ।
प्रशासनले विदेशी पर्यटक जिल्ला भित्रिएको २ साता भईसकेकाले जिल्लाबाट जिल्लामै घुम्न कुनै जोखिम नहुने दावी गरे । निषेधाज्ञा जारी भएको मुस्ताङमा प्रशासनकै सुझाव अनुसार उक्त विदेशी अष्ट्रेयन नागरिकले मंगलबार अध्यागन विभागबाट उपल्लो मुस्ताङ घुम्ने अनुमती लिएका हुन् ।
ति विदेशी नागरिकले काठमान्डौंको एडभेन्चर मेड्रो एभरेष्ट ट्राभल्स एजेन्सी मार्फत २ सय ५० डलर रोयल्टी बुझाएर उपल्लो मुस्ताङ घुम्ने अनुमती लिएको बुझिएको छ ।उक्त विदशी नागरिकले मंगलबार उपल्लो मुस्ताङका लागि कागबेनी चेकपोष्टमा ईन्ट्री गराएपनि बुधबार बिहान मात्र उपल्लो मुस्ताङ प्रस्थान गरेको श्रोतले जनाएको छ । उपल्लो मुस्ताङको ऐतिहाँसिक तथा पुरातात्विक गुम्बा र छोर्तेनको अध्ययन अवलोकनलाई उपल्लो मुस्ताङ जाने अनुमती पाएका उक्त अष्ट्रेयन नागरिक भदौको १७ गतेसम्म उपल्लो मुस्ताङमै रहने बताईएको छ ।
अन्नपुर्ण सरंक्षणक्षेत्रको निषेध तथा नियन्त्रितक्षेत्र उपल्लो मुस्ताङमा यसअघि अध्यागन विभागमा ५ सय डलर रोयल्टी बुझाउनु पर्ने प्रावधान भएपनि उक्त विदेशी पर्यटकले २ सय ५० डलर मात्र बुझाएको जनाईएको छ ।यस सम्वन्धि अध्यागमन विभागमा संम्पर्क गर्दा फोन संम्पर्क हुन सकेन ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया