जनवादी गायक जेबी टुहुरे रहेनन्

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्की) को निधन भएको छ ।
उपचारका क्रममा टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको हो । १ भदौमा कलंकीस्थित निवासमा भान्सामा लडेपछि टुहुरेलाई उपचारका लागि बयोधा अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समेत समस्या भएपछि शल्यक्रिया गर्न समेत मिलेको थिएन । ‘आमा दिदी बहिनी हो, कति बस्छौं दासी भई सुखको सधैँ प्यासी बनेर।।’ लगायत डेढ सयभन्दा बढी गीत गाएका टुहुरे आफ्नो जीवन संघर्षबारे पुस्तक प्रकाशनको तयारीमा थिए ।
२०१६-१७ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका उनी टुहुरे २०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा होमिएका थिए । त्यसपछि नै उनले जनगायकको परिचय बनाएका हुन् । उनले जीवनका ५५ बसन्त जनताकै गीत गाएर बिताए । माले, एमाले हुँदै दोस्रो संविधानसभामा उनी माओवादीमा प्रवेश गरी सभासद् बनेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया