१ लाख राशिको ‘ओपन भर्चुअल क्वीज’ शनिबार देखि सुरु

समाधान संवाददाता २०७८ भदौ ११ गते १९:२३

पोखरा-ओपन भर्चुअल क्वीज नेपालले ‘एकैसाथ खेल्नुहोस, सिक्नुहोस र जित्नुहोस’ भन्ने नारा सहित अनलाईन मार्फत हाजिरीजवाफ (क्वीज) प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेपालका संयोजक शुशिल अधिकारीका अनुसार ‘कोभिड–१९’ कोरोना भाईरसको महामारीलाई लक्षित गर्दै भर्चुअल क्वीज आगामी १२ गते देखि सुरु गरिनेछ । उक्त क्वीज १२ गते शनिबार बेलुकी ६ देखि ७ बजे सम्म सञ्चालन गरिने अधिकारीले बताए ।

उनले सामाजिक सञ्जाल (फेसबुक तथा युट्युब) मार्फत हरेक हप्ता सोही समयमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने बताए । उनका अनुसार वार्षिक तर्फ बिजेता बन्नेले नगद रु १ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने विजेता अध्ययनरत विद्यालयमामा रु ५० हजार बराबरको शैक्षिक सामाग्री आयोजकले प्रदान गर्नेछ ।

त्यसैगरी उपविजेताले नगद रु ५० हजार साथमा ट्रफी, प्रमाणपत्र सहित अध्ययनरत विद्यालयमामा रु ३० हजार बराबरको शैक्षिक सामाग्री आयोजकले उपलब्ध गराउनेछ । संयोजक अधिकारीले सेमीफाईनलिस्ट दुई जनालाई जनही नगद रु ५ हजार र क्वाटरफाईनलिस्ट ५ जना (युट्युब लाईभ मार्फत) लाई जनही १ हजारको दरले पुरस्कार प्रदान गर्ने जानकारी दिए । उनका अनुसार १५ जना (फेसबुल लाईभ मार्फत) अन्तिम विजेतालाई जनही रु १०० को दरले टप–अप पेमेन्ट गरिने छ । अधिकारीले उक्त प्रतियोगितामा सहभागी हुनका लागि यही आईतवार बिहान १०ः०० बाट शुक्रबार ५ः०० बजे सम्ममा फोन, ह्वाट्सएप, भाईबरबाट (९८४०७००६६६ र ९८२६६०२२९९ ) नाम दर्ता गर्न सकिने बताए । उनले उक्त प्रतियोगिता साप्ताहिक, मासिक र बार्षिक रुपमा श्रृङ्खलाबद्ध रुपमा सञ्चालन गरिने बताउदै देश तथा विदेशबाट सहभागी हुन सक्ने जानकारी दिए ।

प्रतियोगितामा भाग लिन चाहने ईच्छुकका लागि दर्ता शुल्क ५० रुपैया निर्धारण गरिएको संयोजक अधिकारीले बताए । साप्ताहिक प्रतियोगिता तर्फ हरेक शुक्रबार बेलुकी ६ः०० देखि ७ः०० बजे सम्म एक घण्टा प्रतियोगिता सञ्चालन हुनेछ । त्यसैगरी मासिक तर्फ हरेक महिनाको पहिलो शनिबार बेलुकी ६ः०० देखि ७ः०० सम्म सञ्चालन हुनेछ । भने बार्षिक अर्थात ग्राण्ड फाईनल हुने समय र मिती छिटै तय गर्ने उनले बताए । ‘हामीले कोरोना भाईरसको महामारीको समयमलाई मध्यनजर गर्दै भर्चुअल क्वीज कम्पिटिसन अर्गनाईज गर्न लागेका हौ, उनले भने, ‘यसमा देश तथा विदेशबाट पनि सहभागिता जनाउन मिल्ने हुदा यो ठुलो प्रतियोगिता मानेका छौ । र यसले नेपाली–नेपाली बिचको सद्भावनाको समेत विकास गर्नेमा हामी विश्वस्त छौ ।’ उनले कोरोना महामारीको कारण शिक्षा क्षेत्रमा प्रभाव पारेको बताउदै केही टेवा पुर्याउने उद्देश्य सहित क्वीज आयोजना गर्न गैरहेको बताए । उनले सो क्वीजमा सामान्य ज्ञानका प्रश्नहरु समावेश गरिने बताउदै भने, ‘शारीरिक खेल धेरै खेल्यौ अब आउनुहोस मानसिक खेल खेलौ ।’ प्रतियोगिताको बारेमा थप जानकारी लिनका लागि अफिसियल नम्बर ९८४०७००६६६ र ९८२६६०२२९९ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया