मनिपालको सेयर खरिद सम्झौता

समाधान संवाददाता २०७८ भदौ १२ गते १२:१२

समाधान संवाददाता
पोखरा-मनिपाल शिक्षण अस्पतालको सेयर खरिद सम्झौताशुक्रबार भएको छ । पोखराका २ व्यवसायीआनन्दराजबतास र नारायण पौडेलले संयुक्तलगानीमा सेयर खरिद गरेकाहुन् ।


शुक्रबार भर्चुअल रुपमा सेयर खरिद सम्झौताभएको नारायण पौडेलले जानकारी दिए । ‘हामीले सेयर खरिद सम्झौताग¥र्यौं, हाम्राअबका योजना पत्रकार सम्मेलन गरी जानकारी गराउँछौं,’ पौडेलले भने ।


निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो मेडिकल कलेज मणिपाल बिक्रीभएको हो । भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मामणिपाल सञ्चालन गरेको थियो । नेपाल सरकार र मणिपाल कर्मचारी युनियनले कलेज सञ्चालनमा सहयोग नगरेपछि आफ्नो लगानीझिकेर मणिपाल बाहिरिएको हो ।


करिब सवा ३ अर्ब रुपैयाँमामणिपाल बिक्री भएको हो ।अस्पताल ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमाकिनिएको हो । बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानी गरेका छन् । कलेज र अस्पताल दुवैको मूल्यांकनगर्दा अस्पतालको मूल्य २ अर्ब २५ करोड छ । अस्पतालको ४० रोपनी जग्गा र ९७ करोड दायित्व सकार्ने गरी सवा ३ अर्बमा अस्पताल बिक्रीभएको हो ।


अस्पताल सञ्चालनकालागिआनन्दराज बतासको अध्यक्षतामा ४ सदस्यीयबोर्ड बन्नेछ । उपाध्यक्षमानारायण पौडेल रहनेछन्भने सदस्यमाआनन्दका २ भाइशान्तराजर विपीनहुनेछन् ।


मणिपाल ग्रुपले १९९२ मा नेपाल सरकारसँग सम्झौता गरी मेडिकल कलेज स्थापना गरेको थियो ।सरकारले मणिपाललाई ४९ वर्षको अवधिदिएको थियो । तर २७वर्षमात्रै चलाएर २२ वर्ष सम्झौताअवधिबाँकी छँदै भारतीयले कलेज र अस्पतालबाट लगानीझिकेकाहुन् ।

७ सय ५० शड्ढयाको अस्पतालमा अहिले १ हजार १ सय कर्मचारी छन् । कलेजमा वर्षेनी १ सय विद्यार्थीलाई एमबिबिएस पढ्ने अनुमति छ । स्वामित्व परिवर्तनपछिप्यारामेडिकल कोर्स र बिडिएस पनि अध्यापन गराइने पौडेलले जनाए ।

तपाईको प्रतिक्रिया