२२ गतेसम्म एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्न पाउने

समाधान संवाददाता २०७८ भदौ १३ गते १६:३३

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई निर्वाचन आयोगले दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दलले ९ भदौमा मान्यता पाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया