पूर्णको नेतृत्वमा रोल्पा पोखरा समाज

समाधान संवाददाता २०७८ भदौ १४ गते १२:०६

समाधान संवाददाता
पोखरा
– रोल्पा पोखरा सम्पर्क समाज कास्कीले २४ औं साधारण सभा तथा छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।


समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । सदस्यमा मेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र पूर्णबहादुर पुनमगर चुनिएका छन् ।


समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगरले १० कार्यकालपछि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन् । शनिबार भएको साधारणसभा तथा महाधिवेशनमा समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगरसहित, हितकुमार बुढामगर, आशमान रोकामगर, पूर्णजीत पुनमगर आदिले बोलेका थिए ।

Advertisement


कार्यक्रमममा समाजको भातृ समूह साइनो सांस्कृतिकसमूहले विविध सांस्कृतिक प्रस्तुत गरेको थियो ।यस वर्षको एसइईमा सफल हुने समाजका परिवार सदस्यका सन्तानलाई सम्मान पनि गरिएको थियो ।


रोल्पाबाट विभिन्न काम तथा पेशाm व्यवसायको सिलसिलामा पोखरालाई कर्मथलो बनाएका रोल्पालीले २०६३ सालमा समाज स्थापना गरेका थिए । समाजमा हाल १ सय ११ घर परिवार एकीकृत रहेको निवर्तमान अध्यक्ष बुढामगरले जानकारी दिए ।

Advertisement


बुढामगरले समाजले कास्कीका विभिन्न ठाउँमा छरिएर रहेका रोल्पालीलाई एकीकृत गर्न र भाइचाराको सम्बन्ध बनाइराख्न सहयोग पुगेको बताए । ‘कास्कीभरि छरिएर रोल्पालीलाई भैपरी आउने समस्यामा समाधान गर्न, उद्धारमा टेवा पु¥याउन समाजले अहम् भूमिका खेल्छ,’ उनले भने, ‘आपसी भाइचारा कायम गर्न, एकले अर्कालाई सहयोग गर्ने, सामाजिक कार्यमा लाग्न सहयोग मिलिरहेको छ ।’

तपाईको प्रतिक्रिया