मुक्तिक्षेत्रका स्वास्थ्यकर्मी नगद ५० हजारसहित सम्मानीत

समाधान संवाददाता २०७८ भदौ १४ गते १८:१४


समाधान सम्वाददाता
मुस्ताङ—मुस्ताङको दुरदराजमा रही कोराना रोकथाम तथा नियन्त्रणका लागि अतुलनिय योगदान पू¥याएकोमा वारागुङ मुक्तिक्षेत्र—१ झारकोटमा कार्यरत स्वास्थ्यकर्मी सुवास अधिकारीलाई सोमबार मुक्तिक्षेत्रका स्थानीयबासीले नगद पुरस्कार ५० हजारसहित सम्मान गरेका छन् ।
कोरोनाको दोश्रो भेरियन्ट सुरु हुँदा मुक्तिनाथक्षेत्र कोरोना “हट स्पट बनेको थियो । कोरानाकै कारण मुक्तिक्षेत्रमा ७ जनाले ज्यान गुमाएका थिए ।कोरोना संक्रमणकालको बिषम अवस्थामा समेत जोखिम मोलेर एक स्वास्थ्यकर्मीले निभाउनु पर्ने उत्तरदायित्व स्वास्थ्कर्मी अधिकारीले निभाएको प्रति मुक्तिनाथबासी सन्तुष्ट छन् ।

Advertisement

स्थानीयको स्वास्थ्यरक्षाका लागि निरन्तर दिलो ज्यानले खटिएको भन्दै अमेरिकामा बस्ने प्रवासी मुक्तिनाथबासी युवाहरुले स्वास्थ्यकर्मी अधिकारीलाई नगर पुरस्कारले सम्मान गर्न विदेशबाट ५० हजार पठाएका थिए ।
मुक्तिनाथ पुराङ रानीपौवामा आयोजित स्वास्थ्यकर्मी सम्मान कार्यक्रममा झारकोटका स्वास्थ्यकर्मी अधिकारीलाई उक्त नगद ५० हजारसहित गाउँलेले सम्मान गरेको गाउँ मुखिया कर्मछिरिङ गुरुङले जानकारी दिए । सो सम्मान कार्यक्रममा मुखिया कर्माछिरिङ गुरुङ,जनप्रिय युवाक्लवको अध्यक्ष उग्रेन गुरुङ,स्थानीय समाजसेवी सुरज गुरुङ र झ्याम्पा ठकुरी लगायतले स्वास्थ्यकर्मी अधिकारीलाई खादा पहिराएर सम्मान गरेको मुखिया गुरुङले बताए ।
मुस्ताङमा स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्यक्रम पहिलो हो । यसअघि मुस्ताङमा स्थानीय स्तरबाट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थिएन । स्वास्थ्यकर्मी सम्मान कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी सुवास अधिकारीले नागरिकको स्वास्थ्य रक्षाको लागि सेवा गर्ने जिम्मेवारी आफ्नो पेशागत दायित्व भित्र पर्ने उल्लेख गरे ।

उनले आफुले राज्यले सुम्पिएको जिम्मेवारी मात्र निभाएको उल्लेख गरे । “’मुक्तिक्षेत्रमा आएर नागरिकको सेवा गर्न पाउन आफ्नो अहोभाग्य हो, स्वास्थ्यकर्मी अधिकारीले भने,“त्यसमाथि झन् कार्यक्षेत्रका तपाई नागरिकहरुले दिएको माया ममता स्नेह र हौसला थप जिम्मेवार बनाएको छ ।’
स्वास्थ्यकर्मी अधिकारीले विदेशी बसेर आफुलाई नगद पुरस्कारले सम्मान गर्ने प्रवासी मुक्तिनाथबासीलाई समेत धन्यवाद ब्यक्त गरेका छन् ।

फोटो ः स्वास्थ्यकर्मीलाई सम्मानीत ।

Advertisement

तपाईको प्रतिक्रिया