श्रेष्ठले छाडे नेपालकाे साथ, भने–एमाले मै छु

समाधान संवाददाता, पाेखरा ।
एमाले विवादका बेला माधव नेपाल समुहमा लागेर कास्की जिल्लाकाे समानान्तर कमिटीकाे सचिवालय सदस्य बनेका कमलबहादुर श्रेष्ठले साे समुह छाेडेकाे घाेषणा गरेका छन् ।
साेमबार राती एक वक्तब्य जारी गर्दै श्रेष्ठले अन्तरपार्टी संघर्ष छाेडेर पार्टी नै विभाजन गर्ने कदम प्रति असहमति जनाएका हुन् ।
उनले वक्तब्यमा भनेका छन्–पार्टीलाइृ थप लाेकतान्त्रिक बनाउन दवाव दिने उद्देश्यले कास्की जिल्लाकाे समानान्तर कमिटीकाे सचिवालय सदस्य रहन आएकाेमा हाल हिजाकाे विवाद हल गर्न १० बुँदे सहमति भएर त्यसकाे कार्यान्वयन सुरु भैसकेकाे सन्दर्भमा समानान्तर गतिविधिमा संलग्न हुनु र विभाजित भएर पार्टी र आन्दाेलनलाई कमजाेर बनाउनु राजनैतिक र बैचारिक दुवै दृष्टिले उचित नहुने भएकाले म नेकपा एमाले मै रहेकाे जानकारी गराउछु ।
उनले समानान्तर कमिटीमा बसेका अन्य साथिलाई पनि एमाले मै फर्कन आव्हान गरेका छन् ।
श्रेष्ठ २०५० सालदेखि विद्यार्थी आन्दाेलनबाट एमालेसँग आवद्ध छन् । उनले अनेरास्ववियूकाे कास्की सचिव हुँदै पार्टीकाे क्षत्रीय कमिटीमा रहेर काम गरेका थिए ।
तपाईको प्रतिक्रिया