कास्कीमा पहिलोपटक एसिड सहित ३ जना पक्राउ

१३ सयभन्दा बढी किलो एसिड बरामद
समाधान संवाददाता
पोखरा- साउन २०७७ मा काठमाडौंकी पवित्रा काकीमाथि एसिड आक्रमण भयो । उनलाई एसिड आक्रमण गर्ने मोहम्मद आलम र मुन्ना महम्मदलाई प्रहरीले तत्काल पक्राउ ग¥यो । तयारी झोलालगायत सामान उत्पादन गर्ने आलमको कारखानामा कार्कीले काम गर्दा उनीमाथि आलमले कुदृष्टि लगाउँथे । पछि कार्कीले जागिर छाडिदिएपछि क्रुर बनेका आलमले कार्कीमाथि एसिड फाले ।
त्यो भन्दा एक वर्ष अघि मुस्कान खातुनमाथिको एसिड आक्रमण झनै चर्चित थियो । वीरगन्ज–६ मा रहेको त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा पढ्न जाने क्रममा गत २० भदौमा खातुनमाथि एसिड प्रहार भएको थियो ।बाटो कुरेर बसेका सम्साद मिया र मजिद आलमले एसिड आक्रमण गरी मुस्कानलाई घाइते बनाएका थिए ।
१५ वर्षीय मुस्कानलाई नातामा पर्ने मजिद आलमले मन पराएको र उनले चाहे बमोजिम मुस्कानले नमानेपछि समसाद मियाको सहयोगमा एसिड प्रहार गरेको मजिदले प्रहरीसमक्ष बताएका थिए ।
एसिड आक्रमणका शृङ्खला बढेपछि सरकारले कडा कारबाही हुने गरी अध्यादेश ल्यायो । राष्ट्रपति विद्यादेवी भण्डारीले १२ असोज २०७७ मा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरिन् । एसिड बिक्री वितरणमा पनि कडा लगाम लगाउने गरी जारी गरिएको सो अध्यादेशपछि कास्कीमा पहिलोपटक एसिड सहित ३ जना पक्राउ परेका छन् ।
बिना इजाजत एसिड ओसारपसार तथा बेचबिखनमा संलग्न ३ जनालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । ओसारपसारमा संलग्न बारा जितपुरका १९ वर्षीय मीनबहादुर भारती, विराटनगरका २९ वर्षीय केशव सिंह पक्राउ परेका छन् । ओसारपोसार गर्न प्रयोग गरिएको ग ३ प ११४३ नम्बरको जिपसहित उनीहरु पक्राउ परेका हुन् । उनीहरुबाट १ हजार किलो एसिड बरामद गरिएको छ ।
उनीहरुले ओसारपोसार गरेको एसिड सिलबन्दी र लेबलीङ गरिएको थिएन । रासायनिक पदार्थ (नियमन) अध्यादेशको दफा ८ र ९ ले एसिड ओसार पसार गर्दा लेबलिङ, प्याकेजिङ गर्नुपर्ने उल्लेख गरेको छ ।
कास्की प्रहरीले पोखरा २ मोहोरियाटोलको अभिषेक औजार पसलबाट बिना इजाजत एसिड बिक्रीमा राखिएको पाइएपछि सञ्चालकलाई पक्राउ गरेको छ । बागलुङ स्थायी घर भइ पोखरा बस्दै आएका ६३ वर्षीय बलबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको पसलबाट ३५० किलो एसिड बरामद गरिएको छ ।
एसिड ओसारपसार तथा बिक्री वितरण गर्नका लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीमार्फत अनुमतिपत्र लिनुपर्छ । तर पक्राउ परेका ३ जनासँग अनुमति भने छैन ।
पक्राउ गरिएका ३ जनालाई नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा सुन, फलाम काट्नका लागि एसिड प्रयोग हुने भएकाले एसिड ओसारपसार गरेको अभियुक्तले बताएका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया