सिटी वानको परीक्षण प्रसारण

समाधान संवाददाता २०७८ भदौ १५ गते १२:४०

पोखरा, १४ भदौ (समाधान)–सिटी वान टेलिभिजन सोमबारदेखि परीक्षण प्रसारण सुरु भएको छ । ‘समाचार र मनोरञ्जनका लागि सिटी वान’ भन्ने नारासहित पोखराबाट नयाँ टेलिभिजन सुरु भएको हो


स्टार नेपाल मिडिया हब प्रालिले सञ्चालन गरेको यो टेलिभिजनको प्रसारण क्लियर टिभीको च्यानल नम्बर ९६३ तथा सामाजिक सञ्जाल युट्युब, फेसबुक पेजमार्फत हेर्न सकिन्छ । प्रालि अध्यक्ष पवन प्रजापतीले परीक्षण प्रशारण सुरुआत गरे ।


उनले टेलिभिजनले गण्डकी प्रदेशका सबै नागरिक तथा दर्शकको आवाज बोल्ने जनाए । टेलिभिजनले आगामी असोजबाट नियमित प्रसारण थाल्ने प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन् । पोखराको नयाँबजारमा प्रधान कार्यालय रहको टेलिभिजनले सूचना, मनोरञ्जन लगायत दर्शकका रोजाइलाई विषयवस्तु बनाउने जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया