कालीगण्डकीको छालले ३ घाइते

राकेशशर्मा
म्याग्दी-म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा पहिरो खस्दा बस्तीमा आएको पानीको छाल र बाढीले ३ जना घाइते भएका छन् । कालीगण्डकी नदीको बाढीले ८ घरमाक्षति पु¥याएको छ ।
पर्वतको जलजला गाउँपालिका ३ मल्लाजको भीरबाट कालीगण्डकी नदीमापहिरो खस्दा बेनी नगरपालिका ८ मा कालीगण्डकी नदीकिनारमा रहेको कालीपुल बजारमा छालसहितको बाढी आएको थियो ।
राति साढे २ बजे पारीपट्टीबाट खसेको पहिरोले नदीको छाल र बाढी भएर बजारतर्फ आएपछि ८ घरमाक्षति पु¥याएको कालीपुल टोल सुधार समिति संयोजकताराप्रसादपुनले जानकारी दिए । बाढीले केही घर भत्कदा सन्तुपुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका छन् ।
उनीहरुलाई स्थानीयले उद्धार गरी उपचारका लागि बेनी अस्पताल लगेका छन् । घाइतेहरुको अवस्था खतरामुक्त छ । पहिरो खस्ने क्रम नरोकिएको र थपजोखिम रहेकाले पुरानो कालीपुल बजारका ३० घर जोखिममा रहेको टोल सुधार समितिका संयोजकपुनले बताए ।
मध्यराति अबिरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयको भागदौड मच्चिएको थियो ।‘‘पहिरोसँगै घरभित्रै बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सा¥र्यौ, अझै जोखिम टरेको छैन । पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ,’ स्थानीय सुरेश पुनले भने । छालले शौचालय, बाथरुम, खानेपानीलगायतमा समेत क्षति पु¥याएको छ ।
छालले नदी नियन्त्रणका लागि बनाइएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्ण रुपमाभत्काएको छ ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया