रोयलका सदस्यलाई ग्यालेक्सीमा छुट

समाधान संवाददाता २०७८ भदौ १५ गते १२:५९

समाधान संवाददाता

पोखरा–पोखरा रोयल बचल तथा ऋण सहकारी संस्था लिमिटेड र ग्यालेक्सी हस्पिटल पोखराबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात पोखरा रोयल बचल तथा ऋण सहकारीका ग्राहकलाई ग्यालेक्सी हस्पिटल पोखरामा उपचार खर्चमा विशेष छुट हुने भएको हो ।


पोखरा रोयल बचल तथा ऋण सहकारीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेको हस्पिटलका प्रबन्ध निर्देशक दीपेन थापाले बताए ।
२४ घण्टा बिशेषज्ञ सेवा दिइरहेको ग्यालेक्सी हस्पिटलले अनुभवी तथा दक्ष बिशेषज्ञ चिकित्सक र कर्मचारीबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचारसहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषि ढकालले बताए ।

Advertisement


अब उत्तमचोक पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा रोयल बचल तथा ऋण सहकारी संस्थाका सेयर सदस्य, सेयर सदस्यका परिवार, सहकारीका कर्मचारी र कर्मचारीका परिवारले ग्यालेक्सी हस्पिटल पोखरामा उपचार गराउँदा हस्पिटल र फार्मेसीमा ७.५ प्रतिशत र अन्य सेवामा १२ प्रतिसत छुट प्राप्त गर्ने सहकारीका प्रमुख कार्यकारी अधिकृत बताए ।

Advertisement

तपाईको प्रतिक्रिया