संक्रामक रोग अस्पताललाई सहयोग

समाधान संवाददाता, पोखरा
लायन्स क्लब अफ पोखरा सेती गण्डकीको तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोकथाम गर्न सामाग्रीहरु हस्तान्तरण गरिएको छ । मंगलबार ६ लाख रुपैयाँ बराबरको सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।
स्वास प्रस्वासमा समस्या भएका गम्भीर विरामीको लागि जीवनदान दिने भेन्टीलेटर मेसिन– ३ थान, बेन्स सर्किट– ५० थान, बेन्स सर्किट मास्क– ५० थान, अक्सिजन मास्क १५० थान, नासल प्रोन्ज ५० थान रहेका छन् ।
सो कार्यक्रमको लागि पोर्टल्याण्ड, अमेरिका निवासी डा सरोज श्रेष्ठ, डा रमेश मरहठ्ठा, दिपेश वैद्य, ध्रुवराज श्रेष्ठबाट १ थान बिआइपिएपि मेसिन र ३० थान बेन्स सर्किट सहयोग प्राप्त भएको थियो ।
जर्मनवासी नेपालीहरुको तर्फबाट सर्मिला राजभण्डारी र सीता गुरुङको संयोजकत्वमा १ थान बिआइपिएपी मेसिन प्राप्त भएको थियो । यसै गरी बेल्जियम निवासी हरिकृष्ण कार्की, मोहन केसी, अमृत केसी, सीपी भट्ट, बेनि ढुङ्गाना, तेजेन्द्र कँडेल, केदार थापा, सुन्दर पौडेल, सूर्य शर्मा, मुना ज्वारचन, अस्मिता घलेको तर्फबाट १ थान बिआइपिएपि मेसिन प्राप्त भयो ।
अस्ट्रेलिया निवासी विनयकुमार श्रेष्ठको संयोजकत्वमा त्यहाँका नेपालीहरुबाट अक्सिजन मास्क १५० थान, न्यासल प्रोन्ज ५० थान, बेन्स सर्किट २० थान प्राप्त भएको थियो ।
क्लबका अध्यक्ष लायन कल्पना थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व डिस्ट्रिक गभर्नर लायन ध्रुव थापा प्रमुख अतिथि थिए। सङ्क्रामक तथा सरुवा रोग अस्पतालका व्यवस्थापन समिति सदस्य प्राडा ध्रुवबहादुर अधिकारी तथा सो अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले सो सहयोग सामग्रीहरु ग्रहण गरेका थिए।
कार्यक्रममा सल्लाहकारद्वय लायन सुनयना पालिखे, लायन सुशीला के।सी। अधिकारी, जोन चेयरपर्सन लायन अरूणा शेरचन र क्लबका अरू साथीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव तथा कार्यक्रम संयोजक लायन शान्ति श्रेष्ठ उदासले गरेका थिए ।
तपाईको प्रतिक्रिया