सडकमै जान्छ ज्यान

सञ्जय रानाभाट २०७८ भदौ १६ गते ११:३९

सञ्जय रानाभाट
पोखरा- गत साउन २४ गते पोखरा महानगरपालिका २ बागलुङ बसपार्कमा कारको ठक्करबाट ३९ वर्षीया सम्झना गुरुङको मृत्यु भयो । उनको उपचारका क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको थियो ।


भदौ ८ गते बुद्धचोकमा ३९ वर्षीय अभ्यासबहादुर क्षेत्रीको माइक्रोको ठक्करबाट निधन भयो । बाटोमा हिँडिरहेका उनलाई तीव्र गतिमा आएको माइक्रोले ठक्कर दिएपछि उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतमा दम तोडे ।

Advertisement


यस घटनाको भोलिपल्टै अर्थात् भदौ ९ गते निर्माण सामान अनलोड गर्ने क्रममा अजय रोकाको मृत्यु भयो । पोखरा १४ खाल्टेमसिना बसपार्क नजिकै टिपरमा सामान अनलोड गर्दा टिपरको ढालाले लागेर २८ वर्षीय रोकाको मृत्यु भएको हो ।


कास्कीमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । गएको ४ वर्षमा मात्र सवारी दुर्घटनाबाट १ सय २९ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यलय कास्कीको तथ्यांक छ ।

Advertisement


२०७७÷७८ मा मात्र सवारी दुर्घटनाबाट कास्कीमा २७ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा २२ जना अंगभंग भएका छन् । आव २०७७÷७८ मा मात्र दुर्घटना हुँदा ४ जना अंगभंग भएका छन् । ज्यान गुमाउनेहरु ट्राफिक नियमको उल्लंघन, मापसे गरेर सवारी चलाउने, सवारी अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख इन्स्पेक्टर अमित बस्नेत भन्छन्ः
दुर्घटना हुनुको एउटा कारण सवारी साधनको अवस्था पनि हो । ब्रेक, टायर अन्य कुरा ठीक अवस्थामा नभएको अवस्थामा दुर्घटना हुन सक्छ । यसरी सवारी साधनको बनोट सही नभएकाले पनि दुर्घटना भएर धेरैको ज्यान जाने तथ्यांक छन् । यस्तो नहोस् भनेर गाडी सडकमा गुड्न लायक छ कि छैन भनेर समय समयमा परीक्षण गराउनुपर्छ ।


गुड्न लायक नभएका गाडी सडकमा निकाल्न हुँदैन । दुर्घटनाको मुख्य कारण चालकको लापरवाही, सडक तथा गाडीको अवस्था र पैदलयात्री हुन्छन् । ट्राफिक नियमाको जानकरी सबैमा हुन अवश्यक पनि छ ।


गाडी दुर्घटना हुनुमा चालकमात्र दोषी छैनन् । सडक अवस्था पनि हो । सडक राम्रो नभएर दुर्घटना हुने गरेका घटना धेरै छन् । धेरै दुर्घटना चालकको गल्तीले हुन्छन् । चालक आफैं सचेत रहेमा, ट्राफिक नियम पालना गरेमा दुर्घटना केही घट्न सक्छ ।
दुर्घटना हुँदा ज्यान जानेदेखि अंगभंग हुने साथै रोजगारी गुम्ने, उपचार गर्न खर्च लाग्ने, परिवारका सदस्य हेरचाहमा संलग्न हुनुपर्ने जस्ता धेरै समस्या हुन सक्छन् । दुर्घटनामा आफन्त गुमाउनुको पीडा र भोगाइ कुनै मापन गरेर सकिँदैन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया