पर्वतमा पहिरो जाँदा ६ को मृत्यु, २ बेपत्ता

समाधान संवाददाता २०७८ भदौ १८ गते ९:१३
फाइल तस्विर ।


समाधान संवाददाता । पर्वतमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । पर्वतको विभिन्न ३ ठाउँमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको हो भने २ जना बेपत्ता भएका छन् ।

पर्वतको मोदी गाउँपालिका ५ अम्बोटमा पहिरो खस्दा ५० वर्षीया फुलमाया थापाको मृत्यु भएको हो । यस्तै कुस्मा ११ चिल्मीमा पहिरो खस्दा आमाछोराको मृत्यु भएको छ । ३८ वर्षीया दुर्गा पौडेल र ६ वर्षीय छोरा गणेश पौडेलको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कुस्मा ३ दुर्लुङमा माधव पौडेलको घरमाथिबाट पहिरो खस्दा १६ वर्षीया बिमला पौडेल, ११ वर्षीया बिनिता पौडेल, ७५ वर्षीया कौशिला पौडेलको मृत्यु भएको छ । यस्तै भगवती पौडेल र विनोद पौडेल बेपत्ता छन् ।

Advertisement

तपाईको प्रतिक्रिया