कास्कीमा जोर–विजोर हट्यो

समाधान संवाददाता
पोखरा-जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई जारी राख्दै सवारी साधनमा लागु हुँदै आएको जोर बिजोर प्रणाली हटाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै यसअघि कायम गरिएको जोर बिजोर प्रणाली हटाएको हो ।
सघसंस्थाहरुले नगरी नहुने सभा, सम्मेलन, बैठक आयोजना गर्न प्रशासनलाई अग्रिम जानकारी गराए मात्र गर्न पाउने सिडिओ थानेश्वर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । कार्यक्रम गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना अनिवार्य गर्नुपर्ने आदेशमा उल्लेख छ । यसअघि पनि बन्द सिनेमा हल, पार्टीप्यालेस, क्लब, दोहोरी साँझ, रंगशाला खोल्न तथा सञ्चालन गर्न भने प्रशासनले अझै रोक लगाएको छ । यसैले निषेधाज्ञा अझै जारी छ ।
जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधन स्वास्थ्य मापदण्ड अनुरुप सञ्चालन गर्न सक्ने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । शैक्षिक संस्थासहितका सेवा तथा व्यवसायहरु सञ्चालनमा रोक लगाइएको छ । विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पूर्व निर्धारित बाहेक परीक्षा सञ्चालन नगर्न अदेशमा उल्लेख छ । मानिसहरु भिडभाड गर्न र सभा जुलुस गर्न पनि प्रशासनले रोक लगाइएको छ । पूर्व निर्धारित वैवाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा २५ जना मात्र सामेल भई गर्न सकिने सिडिओ गौतमले जारी गरेको आदेशमा उल्लेख छ ।








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया